एनआरएनएद्वारा विश्वभर रहेका नेपालीलाई क्रिसमसको शुभकामना

एनआरएनएद्वारा विश्वभर रहेका नेपालीलाई क्रिसमसको शुभकामना

काठमाडौं। शुक्रबार (आज) परेको क्रिसमस दिवसका अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई शुभकामना दिएका छन् ।

एनआरएनएले आफ्नो फेसबुक पेजमा मेरी क्रिसमस लेखेको एक तस्वीर साझा गर्दै यस दिवसको शुभकामना दिएको हो । यो दिवस हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन मनाइने गरिन्छ । यस दिन क्रिश्चियन धर्मका संस्थापक जिसस क्राइस्टको जन्म भएको थियो ।

उनकै जन्म जयन्तीका अवसरमा हरेक वर्ष क्रिसमस दिवस मनाइदैँ आएको छ । यस दिन इसाई धर्माबलम्बीहरुले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाउने गर्छन ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *