मलेसियामा श्रमिकको कोरोना परीक्षण नगराउने रोजगारदातालाई कारबाही

मलेसियामा श्रमिकको कोरोना परीक्षण नगराउने रोजगारदातालाई कारबाही क्वलालम्पुर

काठमाडौं । आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणका सन्दर्भमा मलेसिया सरकारले आप्रवासी श्रमिकको अनिवार्य रुपमा कोरोना परीक्षण गराउनुपर्ने व्यवस्था लागू गर्ने भएको छ ।

यो व्यवस्था आउँदो जनवरी १ गतेदेखि लागू हुनेछ । कामदारको कोरोना परीक्षण गर्न आनाकानी गरेमा त्यस्ता रोजगारदाताहरुलाई कारबाही हुने समेत घोषणा गरिएको छ । यस अघि पनि मलेसिया सरकारले सबै श्रमिकहरुको कोरोना परीक्षण रोजगारदाताले गर्नुपर्ने उल्लेख गरको थियो । तर रोजगारदाताले आनाकानी गरेपछि यसलाई थप कडाइ गर्न लागिएको हो ।

जनवरी १ देखि श्रमिकको कोरोना परीक्षण नगराए रोजगारदातालाई कारबाही गरिने त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यो व्यवस्था लागू भएसँगै मलेसियामा कार्यरत नेपाली श्रमिकहरु पनि लाभान्वित हुने भएका छन् । यस अघि मलेसियामा रहेका नेपालीहरुले आफूहरुलाई कोरोनाको लक्षण देखिए पनि परीक्षण नहुने तथा कोरोनासंक्रमित र कोरोनाको लक्षण नदेखिएकाहरु सबैैलाई एकै ठाउँमा राख्ने गरेको गुनासो गर्दै आएका थिए ।

मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुक हो । यहाँ करिब ५ लाखको हाराहारिमा नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान छ ।