थप ६ सय १३ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

थप ६ सय १३ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७ सय ३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५ सय १० पीसीआर परीक्षण भएको छ । हाल देशभर ७ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय जना क्वारेन्टिनमा छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८ पुगेको छ ।