बेलायतबाट नेपाल आएका अनिवार्य १० दिन होटल क्यारेन्टिनमा बस्नुपर्ने

बेलायतबाट नेपाल आएका अनिवार्य १० दिन होटल क्यारेन्टिनमा बस्नुपर्ने

काठमाडाैं । सरकारले संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार विज्ञप्ति जारी गरी बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँबाट आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेका छन् ।

उक्त नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त्रणका लागि यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नुहुन उनले अनुरोध गरे ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले नेपाल प्रवेश गरेको मितिले सात दिनदेखि १० दिनभित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई पिसिआर परीक्षण गराउनसमेत अनुरोध गरे ।