प्रताप दास र शिला राईको ‘चन्चले–चन्चल’ सार्वजनिक [भिडियो]

प्रताप दास र शिला राईको ‘चन्चले–चन्चल’ सार्वजनिक [भिडियो]

काठमाडौं। नेप्लीज सिंग टुगेदर (एनएसटी)को प्रस्तुतीमा बनेको ‘चन्चले–चन्चल’ बोलको गीतको रोमान्टिक म्यूजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको छ।

गीतमा प्रताप दास र शिला राईको स्वर दिएका छन् भने संगीत अनिल शाहीले भरेका छन्। गीतका शब्द बिनिता क्षेत्रीले लेखेकी हुन्। गीतको भिडियोलाई भेष गुरुङले निर्देशन गरेका छन् ।

इराक कुर्दिस्तानको रमणीय परिवेशमा छाँयाकंन गरिएको भिडियोमा आर्यन मोक र सिम्रन तामाङको अभिनय रहेको छ। गीतको भिडियो नेप्लीज सिंग टुगेदर (एनएसटी)को अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।