इथियोपियामा आक्रमणकारीद्वारा सय जना भन्दा धेरैको हत्या

इथियोपियामा आक्रमणकारीद्वारा सय जना भन्दा धेरैको हत्या

इथियोपिया । अफ्रिकी देश इथियोपियाको पश्चिमी क्षेत्रमा अपरिचित आक्रमणकारीले एक सय जना भन्दा धेरैको हत्या गरेका छन् ।

इथियोपियाको बेनिशान्गुल–गुमुज क्षेत्रमा बुधबार आक्रमण भएको र त्यसमा १०० जना भन्दा बढिको ज्यान गएको त्यहाँको मानवअधिकार आयोगले जनाएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा कार्यरत नर्सका अनुसार सो आक्रमणमा ३० जना भन्दा बढि भाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ ।

केहीमाथि गोली प्रहार भएको र अरुलाई चक्कुसहितका धारिलो हतियारले आक्रमण भएको ती नर्सले बताएकी छन् ।

प्रधानमन्त्री एबी अहमदले सो क्षेत्रको भ्रमण गरेको भोलिपल्ट आक्रमण भएको हो ।

बेबोजी नाम गरेको गाउँमा आक्रमण भएको इथियोपियाको मानवअधिकार आयोगले जनाएको छ । सो क्षेत्रमा विभिन्न आदिवासी समुदायको बसोबास छ ।