ईपिएसमा नक्कली परीक्षार्थी बनेर ठगी गरेको अभियोगमा एक जना पक्राउ

ईपिएसमा नक्कली परीक्षार्थी बनेर ठगी गरेको अभियोगमा एक जना पक्राउ सांकेतीक तस्वीर

काठमाडाैं  । कोरियाली भाषा परीक्षा (ईपिएस) मा नक्कली परीक्षार्थी बनेर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका १९ घर भएर हाल काठमाडौं महानगरपालिका ५ रुद्रमतीमार्ग, कालोपुलमा बस्ने ५१ वर्षीय उत्तममान लिम्बू मंगलबार पक्राउ परेका हुन् ।

काठमाडौंको बागबजारमा कोरियाली भाषा प्रशिक्षकका रुपमा काम गर्ने उत्तममानले विभिन्न समयमा ईपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई प्रलोभनमा पारेर विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तिर्ण हुने र प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म लिएको र विद्यार्थीहरुलाई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।

विशेष सूचना आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उत्तममानलाई पक्राउ गरी आवश्‍यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।