दक्षिण भारतीय फिल्म उद्योगको चर्चित अभिनेत्री रश्मिका अब बलिउडमा

दक्षिण भारतीय फिल्म उद्योगको चर्चित अभिनेत्री रश्मिका अब बलिउडमा

काठमाडाैं । दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेत्री रश्मिका मन्दनाले बलिउडमा डेब्यु गर्ने भएकी छन् ।

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को अति जोखिमपूर्ण मिसनमा आधारित भएर निर्माण हुन लागेको ‘मिसन मजनू’ नामक फिल्मबाट रश्मिकाले बलिउड प्रवेश गर्न लागेकी हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार १९७० को रअको मिसनमा आधारित फिल्म ‘मिसन मजनू’मा अभिनेता सिद्धार्थ मल्होत्रा लीड रोलमा छन् । सिद्धार्थले फिल्ममा रअ एजेन्टको भूमिका निभाउनेछन् ।

दक्षिण भारतमा पछिल्लो समय लोकप्रिय अभिनेत्री रश्मिकाले भने भाषाले आफूलाई बाधा नगर्ने बताएकी छन् । फिल्मको शुटिङ आगामी फ्रेअवरीबाट हुने बताइएको छ ।