निगमले जनवरीदेखि जापानको नारितामा २ वटा उडान गर्ने

काठमाडाैं । नेपाल वायुसेवा निगमले जनवरीदेखि जापानको नारितामा २ वटा उडान गर्ने भएको छ । जनवरीदेखि सातामा दुई उडान गर्ने योजना निगमको छ ।
अहिले सातामा एउटा मात्र उडान गर्दै आएको छ ।
नेपाल एयरलाइन्सले वाइडबढी मार्फत नारिता उडान गर्दै आएको छ । जापानको ओसाकामा पनि उडान गरेको एयरलाइन्सले उक्त ठाउँमा नेपालीको बाहुल्यता कम रहेको भन्दै उडान बन्द गरेको थियो । ओसाका उडान बन्द भएको करिब एक वर्ष भइसकेकाे छ ।
अब नारितामा सातामा २ उडान गर्ने गरी गृहकार्य भइरहेकाे निगमले जनाएकाे छ ।