नेपाल–अमेरिका फिल्म फेस्टिभलको चौथो संस्करण असारमा

नेपाल–अमेरिका फिल्म फेस्टिभलको चौथो संस्करण असारमा

काठमाडौं । नेपाल–अमेरिका फिल्म फेस्टिभलको चौथो संस्करण हुने भएको छ । असार ४ गतेदेखि ६ गतेसम्म अमेरिकाको वासिङ्टनमा हुने फेस्टिभलका लागि आयोजकले विश्वभरबाट आवेदन खुला गरेको छ ।

फेस्टिभलमा नेपाली फिचर, वृत्तचित्र, छोटा फिल्म, एनिमेसनलगायत विधाका फिल्म देखाइने छ । नेपालबाहेक अमेरिका र दक्षिण एसियाली मुलुकका इन्डिपेन्डेन्ट फिल्मलाई उच्च महत्व दिने आयोजकले जानकारी दिएको छ ।

फेस्टिभलमा आवेदन परेकामध्येबाट उत्कृष्ट हुने फिल्मलाई पुरस्कृत गरिने छ । फिल्म प्रदर्शनपछि निर्माता, कलाकार एवं निर्देशकसँग छलफल चलाइने आयोजकले जनाएको छ ।

अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि यो महोत्सव आयोजना गर्दै आएको छ । कोरोनाभाइरसका कारण गत वर्षको संस्करण स्थगित भएको थियो ।