‘छक्का पन्जा–३’ युट्यूवमा सार्वजनिक

दीपकराज गिरी-दीपाश्री निरौलाको सुपरहिट चलचित्र ‘छक्का पन्जा–३’ युट्यूवमा सार्वजनिक भएको छ।
हाइलाइट्स नेपालको युट्युवमार्फत फिल्म बुधबार साँझ सार्वजनिक भएको चलचित्र याे समाचार तयार पार्दासम्म ट्रेन्डिङकाे नम्बर ८ मा परेकाे छ।
आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्रमा दीपाले निर्देशन गरेका हुन्।
केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) चलचित्रका कार्यकारी निर्माता हुन्। चलचित्रकाे कथा दीपक आफैंले तयार पारेको हुन्।
चलचित्रमा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ।
प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन्।
Facebook Comment