तीन खेलाडीले टि १० लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी यूएइ हुने आगमी संस्करणको टि १० लिग खेल्ने भएका छन्।
बुधबार राती सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेकाे हाे।
ल कामीलाई मराठा अरेबियन्सले ड्राफ्टमा अनुबन्ध गरेको छ।
बुधवार टि१० लिगको अफिसियल ट्विटरमार्फत उनलाई मराठाले आबद्ध गरेको जानकारी दिइएको छ।
सोमपालले दोस्रो पटक विदेशी लिग खेल्न लागेका हुन्। टि१० लिगमा सोमपाल नेपालबाट अनुबन्ध हुने तेस्रो खेलाडी पर्दछन्।
यसअघि पारस खड्का र सन्दीप लामिछानेले टि१० लिग खेलिसकेका छन्।
यता १६ वर्षिय युवास्टार कुशल मल्ल टिम आबूधाबीबाट खेल्ने छन्। आबूधाबीमा पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन्। टिम आबूधाबीमा यूर्निभर्सल बोसका नामले परिचित वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल छन्।
यस्तै करण पुणे डेभिल्समा अनुबन्ध भएका छन्। करण समग्रमा टि टेन लिगमा अनुबन्ध हुने पाँचौ नेपाली खेलाडी हुन्।
टि १० जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने छ।