कतारमा ब्यबसाय शुरु गरि सपना साकार पार्दै नेपाली चेली : रेणु कार्की

सामान्य कामदारको रुपमा सन २०१३ मा कतार छिरेकी नेपाली चेली रेणु कार्किले आफ्नै लेडिज एन्ड जेन्ट्स…

बन्दाबन्दीको समयमा सिन्धुलीमा २ वटा खानेपानी आयोजना सम्पन्न

बन्दाबन्दीको समयमा पनि सुनकोशी गाउँपालिका वडा नं ६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएका छन् ।

ती खानेपानी आयोजनामार्फत् अमारे र न्यौपानेटारका घर हरुमा ५९ धारा निर्माण भई चारसय तेइस जना लाभान्वित भएका छन् । अमारेका ३९ घरमा धारा निर्माण भई १४५ पुरुष १३६ महिला  गरि जम्मा २८१ जना र न्यौपानेटारका २० घरमा धारा निर्माण पश्चात ७२ पुरुष र ७० महिला गरि जम्मा १४२ जना प्रत्यक्षरुपमा सुरक्षित खानेपानीबाट लाभान्वित भएका हुन् ।

नेपाल रेडक्रसको आव्हानमा स्थानीय सुनकोशी गाउँपालिका र स्थानीय बासिन्दाको सहयोग र सहभागितमा यो सफलता भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ः रेडक्रसको ७० प्रतिशत र स्थानीय पालिका तथा बासिन्दाहरुको ३० प्रतिशत रकम लगानी भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ र सुनकोशी गाउँपालिका सिन्धुलीको आर्थिक साझेदारीमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको पहलमा निर्माण कार्य सम्पन्न भएको हो ।

तुरतुरे खानेपानी आयोजना निर्माण गर्न रेडक्रसको रु.२१,६०,८९३।७२, सुनकोशी गाउँपालिकाको रु ७,९५,५०८।१३ र समुदायको रु १,२०,४६८।१६ गरि कुल रकम रु.३०,७६,८७०।०१ खर्च भएको नेपाल रेडक्रस सोसाइटी सिनधुली जिल्ला शाखाका बास अधिकृत जयनारायण चौधरी
ले जानकारी दिनुभयो ।

त्यसैगरि निगौली ओडारे खानेपानी आयोजनामा रेडक्रसको रकम रु १५,३५,५४०।९४, सुनकोशी गाउँपालिकाको रु ४,७७,८०८।३१ र समुदायको रु. ८१,१,७७।७७ गरि कुल रकम रु. २०,९४,५२७।६२ को लागतमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।

सुनकोशी गाउँपालिकामा ६ वटा यस्ता खानेपानी आयोजना सुरुभएकोे र ती सबै योजनाकोलागि गाउँपालिकाले सहयोग गरेकोमा धन्यवाद दिदै नेरेसो सिन्धुलीका सभापति अशोक श्रेष्ठले तेस्रो योजना एकहप्ता भित्र सम्मन्न गरिने र बाँकी ३ वटा आगामी २ महिनामा सम्पन्न हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो ः लकडाउन नभएको भए सबै योजना अहिलेसम्म पूरा भैसकेका हुनेथिए । सुख्खा क्षेत्रमा खानेपानी पुर्याउन सहयोग गर्न पाएकोमा हामी खुशी छौँ ।

गाँजासहित युवा पक्राउ

मोरङ । मोरङको कटहरी गाउँपालिकामा दुई युवालाई तीन केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

एनआरएनएलाई अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्न थालेका छन् : अध्यक्ष पन्त

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमाार पन्तले आफूहरुलाई अहिले अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास…

वैदेशिक रोजगारीमा ज्यान गुमाएका १८ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं। विभिन्न मुलुकमा अलपत्र एक हजार १७२ नेपाली स्वदेश फर्किएका छन् । आइतबार एकै दिन क्वालालम्पुरबाट…

टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयबाट पछि हट्यो अमेरिका

काठमाडौं। दुई दिनअघि अमेरिकामा पनि चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउनो घोषणा गरेका अमेरिकी राष्ट्रपति…

अस्ट्रेलियामा कोरोना महामारीबाट जनजीवन प्रभावित

मेलबोर्न। कोरोनाभाइरसको महामारी शुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकै दिन सबैभन्दा ठूलो क्षति भएको छ। अस्ट्रेलियाली स्वास्थ्य…

साउदीको रियादमा एनआरएनको क्षेत्रीय समित गठन

रियाद, साउदी । एनआरएनए मध्य रियाद क्षेत्रीय समन्वय समितिको पुनर्गठन तथा नेपाल पर्यटन प्रबर्द्धन बर्ष २०२०…

अफ्रिकामा तीव्र रुपमा फैलिदैं कोरोना

बीबीसी । अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ। हामीले यो महादेशभरिको…

मलेसियामा नेपाली सुरक्षागार्ड कुट्ने नेपाली नै भएको पुष्टि, प्रहरीले पक्राउ गर्‍यो

काठमाडौं। मलेसियामा नेपाली सुरक्षागार्ड कुट्ने व्यक्ति नेपाली नै भएको पुष्टि भएको छ । मलेसियास्थित नेपाली दूतावासले…