यौन दुर्व्यवहार गरेको अभियोगमा ६१ वर्षीय बृध पक्राउ

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कालीगण्डकी गाउँपालिका ४ पुर्तिघाट बजार बस्ने ६१ वर्षीय नारायणप्रसाद…

बन्दाबन्दीको समयमा सिन्धुलीमा २ वटा खानेपानी आयोजना सम्पन्न

बन्दाबन्दीको समयमा पनि सुनकोशी गाउँपालिका वडा नं ६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएका छन् ।

ती खानेपानी आयोजनामार्फत् अमारे र न्यौपानेटारका घर हरुमा ५९ धारा निर्माण भई चारसय तेइस जना लाभान्वित भएका छन् । अमारेका ३९ घरमा धारा निर्माण भई १४५ पुरुष १३६ महिला  गरि जम्मा २८१ जना र न्यौपानेटारका २० घरमा धारा निर्माण पश्चात ७२ पुरुष र ७० महिला गरि जम्मा १४२ जना प्रत्यक्षरुपमा सुरक्षित खानेपानीबाट लाभान्वित भएका हुन् ।

नेपाल रेडक्रसको आव्हानमा स्थानीय सुनकोशी गाउँपालिका र स्थानीय बासिन्दाको सहयोग र सहभागितमा यो सफलता भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ः रेडक्रसको ७० प्रतिशत र स्थानीय पालिका तथा बासिन्दाहरुको ३० प्रतिशत रकम लगानी भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ र सुनकोशी गाउँपालिका सिन्धुलीको आर्थिक साझेदारीमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको पहलमा निर्माण कार्य सम्पन्न भएको हो ।

तुरतुरे खानेपानी आयोजना निर्माण गर्न रेडक्रसको रु.२१,६०,८९३।७२, सुनकोशी गाउँपालिकाको रु ७,९५,५०८।१३ र समुदायको रु १,२०,४६८।१६ गरि कुल रकम रु.३०,७६,८७०।०१ खर्च भएको नेपाल रेडक्रस सोसाइटी सिनधुली जिल्ला शाखाका बास अधिकृत जयनारायण चौधरी
ले जानकारी दिनुभयो ।

त्यसैगरि निगौली ओडारे खानेपानी आयोजनामा रेडक्रसको रकम रु १५,३५,५४०।९४, सुनकोशी गाउँपालिकाको रु ४,७७,८०८।३१ र समुदायको रु. ८१,१,७७।७७ गरि कुल रकम रु. २०,९४,५२७।६२ को लागतमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।

सुनकोशी गाउँपालिकामा ६ वटा यस्ता खानेपानी आयोजना सुरुभएकोे र ती सबै योजनाकोलागि गाउँपालिकाले सहयोग गरेकोमा धन्यवाद दिदै नेरेसो सिन्धुलीका सभापति अशोक श्रेष्ठले तेस्रो योजना एकहप्ता भित्र सम्मन्न गरिने र बाँकी ३ वटा आगामी २ महिनामा सम्पन्न हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो ः लकडाउन नभएको भए सबै योजना अहिलेसम्म पूरा भैसकेका हुनेथिए । सुख्खा क्षेत्रमा खानेपानी पुर्याउन सहयोग गर्न पाएकोमा हामी खुशी छौँ ।

इटालियन युवतीकाे आँसु र मेरो मेलम्ची

मेलम्ची खानेपानी आयोजना बन्ने भयो। आयोजना शुरु गर्ने प्रकृया, औपचारिकता,अन्तर समन्वय, स्वीकृति, अनुमोदन, नविकरणका कामहरुसँगहैरानी बेहोरेकी…

विवेकशील नेपालीद्वारा विदेशमा रहेका नेपालीको पिडा बुझ्न सरकारलाई सुझाव

वैशाख २६, २०७७, विवेकशील नेपाली दलले कोरोनाको कहर बिच विदेशमा रहेका नेपाली बारे सरकारको प्रभावकारी गतिविधि…

मातृभुमिको लागि एक हुनु आजको आबस्यकता

  दोहा, कतार । राष्ट्र र राष्ट्रियता माथि को धब्बा बन्दै आएको भारतले सधै नेपाल र…

उपन्यास ” बिस्मिता ” को सिक्वेल छिटै नै आउने जानकारी

  युवा लेखक शिव बस्याल को पहिलो उपन्यास ” बिस्मिता ” २०७५ जेष्ठ २६ गते काठमाडौ…

सुन्दरताभित्र लुकेको खतरनाक राज, श्रीमती सुन्दर भए मख्ख नपर्नुस्

एजेन्सी। बेलायतमा एक महिलाले आफूलाई क्यान्सर भएको बहाना बनाएर परिवारलाई मात्रै होइन आफ्ना पतिसँगबाट सवा दुई…

रक्सी–चुरोट छाडेका राजेशपायल भन्छन्– मेरो विवाह पनि कहीँ न कहीँ त लेखिएकै होला नि !

मंसिर २७, २०७५ काठमाडौं– परिवार ब्रिटिस आर्मी पृष्ठभूमिको थियो । बुवा पहिले ब्रिटिस आर्मीमै थिए ।…

शीर्षक – तिमि गऐपछि

13 December 2018 11:23 शीर्षक – तिमि गऐपछि मुटु दुखाऊने याद हरु को काम छैन; तिमि…

नवीन के भट्टराईको एउटा परिचय क्याप पनि हो । कतै गीतभन्दा क्याप बढी चर्चामा आएजस्तो त लाग्दैन ?

  मलाई श्रोताहरूले पहिले मेरो गीतले चिन्छन्, गीतकै कारण मलाई नवीन के भट्टराई भनेर चिन्छन् अनि…