कतारबाट “अनेसास शिखर पुरस्कार”को बिधिवत घोषणा

सिताराम थापा (१६ अक्टोबर -२०२० कतार)- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरले यहि १६ अक्टोबरका दिन…

बन्दाबन्दीको समयमा सिन्धुलीमा २ वटा खानेपानी आयोजना सम्पन्न

बन्दाबन्दीको समयमा पनि सुनकोशी गाउँपालिका वडा नं ६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएका छन् ।

ती खानेपानी आयोजनामार्फत् अमारे र न्यौपानेटारका घर हरुमा ५९ धारा निर्माण भई चारसय तेइस जना लाभान्वित भएका छन् । अमारेका ३९ घरमा धारा निर्माण भई १४५ पुरुष १३६ महिला  गरि जम्मा २८१ जना र न्यौपानेटारका २० घरमा धारा निर्माण पश्चात ७२ पुरुष र ७० महिला गरि जम्मा १४२ जना प्रत्यक्षरुपमा सुरक्षित खानेपानीबाट लाभान्वित भएका हुन् ।

नेपाल रेडक्रसको आव्हानमा स्थानीय सुनकोशी गाउँपालिका र स्थानीय बासिन्दाको सहयोग र सहभागितमा यो सफलता भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ः रेडक्रसको ७० प्रतिशत र स्थानीय पालिका तथा बासिन्दाहरुको ३० प्रतिशत रकम लगानी भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ र सुनकोशी गाउँपालिका सिन्धुलीको आर्थिक साझेदारीमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको पहलमा निर्माण कार्य सम्पन्न भएको हो ।

तुरतुरे खानेपानी आयोजना निर्माण गर्न रेडक्रसको रु.२१,६०,८९३।७२, सुनकोशी गाउँपालिकाको रु ७,९५,५०८।१३ र समुदायको रु १,२०,४६८।१६ गरि कुल रकम रु.३०,७६,८७०।०१ खर्च भएको नेपाल रेडक्रस सोसाइटी सिनधुली जिल्ला शाखाका बास अधिकृत जयनारायण चौधरी
ले जानकारी दिनुभयो ।

त्यसैगरि निगौली ओडारे खानेपानी आयोजनामा रेडक्रसको रकम रु १५,३५,५४०।९४, सुनकोशी गाउँपालिकाको रु ४,७७,८०८।३१ र समुदायको रु. ८१,१,७७।७७ गरि कुल रकम रु. २०,९४,५२७।६२ को लागतमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।

सुनकोशी गाउँपालिकामा ६ वटा यस्ता खानेपानी आयोजना सुरुभएकोे र ती सबै योजनाकोलागि गाउँपालिकाले सहयोग गरेकोमा धन्यवाद दिदै नेरेसो सिन्धुलीका सभापति अशोक श्रेष्ठले तेस्रो योजना एकहप्ता भित्र सम्मन्न गरिने र बाँकी ३ वटा आगामी २ महिनामा सम्पन्न हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो ः लकडाउन नभएको भए सबै योजना अहिलेसम्म पूरा भैसकेका हुनेथिए । सुख्खा क्षेत्रमा खानेपानी पुर्याउन सहयोग गर्न पाएकोमा हामी खुशी छौँ ।

बिनायक सिद्ध कलेजद्वारा प्री- अनलाईन रजिष्ट्रेसन फर्म खुल्ला

विनायक सिद्ध कलेज चाबहिलले कोरोना महामारी र लकडाउनलाई मध्यनजर गर्दै कक्षा ११ को लागि प्री अनलाईन…

विनायक सिद्ध कलेजद्वारा अनलाइन एस.ई.ई करियर काउन्सिलिङ कार्यक्रमको आयोजना हुने

कोभिड -१९ लाई मध्येनजर गर्दै विनायक सिद्ध कलेज चाबहिलले अनलाईन एस.ई.ई करिएर काउन्सिलिङ कार्यक्रम यहि आउदो…

नेपाल राष्ट्रबैंकले ल्याऊन लागेको मौद्रिक नीतिबारे सांसद लामाद्वारा सुझाव

गणेश क्षेत्री कोविड १९ का कारण थलीएका व्यवसायीहरुलाई उद्धार एवं बैंक तथा बितिय संस्थाको जोखिम मुक्त…

एनसीसी कतारले रचनात्मक विशेष साहित्यिक कार्यक्रम गर्ने

दोहा/ समाचार संवाददाता, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद (एनआरएनए-एनसीसी) कतारले यहि शुक्रबार कोरोनाबारे सूचना…

उद्धार नामको उडान र लावारिस पिडित

म कतार आएको गत वर्षको अप्रिल १५ तारीक हो, कतार आएकै पाचौं दिनमा टाईफाईको बिरामी भएर…

म कतार आएको गत वर्षको अप्रिल १५ तारीक हो, कतार आएकै पाचौं दिनमा टाईफाईको बिरामी भएर अस्पताल भर्ना

गरेछ। त्यसैले काम, तलव र बस्ने सुविधाको ज्ञारेन्टी हुने कुरै भएन । न्यायका लागि म दूतावासदेखि…

निगमको कमजोरी, दोष नियोगको थाप्लोमा’

करिम/ दोहा, नेपाल वायुसेवा निगमले २२ जुनमा हुने दोहाको लागि आफ्नो उद्वार उडान स्थगन गरेको जनाएको…

नेपाली जनसम्पर्क समिति ओमान द्वारा कोरोना संकट समाधान को लागि नेपाल सरकार लाई ।माग र सुझाव पत्र दिदै दुतावास को पहल प्रति खुशी ब्याक्त

नेपाली जनसम्पर्क समिति ओमानले हिजो नेपाली दूतावास ओमानका लागि महामहिम राजदूत श्रीमति शर्मिला पराजुली ढकाल ज्यू…