३ महिनाको अवधिमा कतारमा २७ जना नेपालीको मृत्यु

दोहा । तीन महिनाको अबधिमा कतारमा वैदेशिक रोजगारीका लागि पुगेका २७ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । 

२०७५ माघ १ देखि २०७५ चैत्र मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाली दूतावास कतारले विभिन्न कारणले कतारमा ३ महिना भित्रमा २७ जना नेपालीले ज्यान गुमाएको तथ्याङ्गक सार्बजनिक गरेको छ।

यस्तै, दूतावासले कतारका विभिन्न अस्पतालमा सिकिस्त बिरामी भएर ८ जना नेपाली कोमामा रहेको पनि जनाएको छ। 

कानुनी कारबाहीको सिलसिलामा कतारको केन्द्रिय कारागारमा ३७ जना नेपालीहरुले जेल जीबन बिताइरहेको समेत दूतावासले उल्लेख गरेको छ। 

दूतावासले तीन महिना भित्र आफ्नो सुरक्षित सेल्टर हाउसमा राखेर दुई महिलालाई उद्दार गरि स्वदेश फिर्ता गरेको छ । 

अबैधानिक रुपमा बसेका  २७५ जना नेपालीहरुलाई कानुनी प्रक्रिया पुरा गरि स्वदेश फिर्ता पठाएको नेपाली दूतावास कतारले जनाएको छ। 

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *