विवेकशील नेपाली कतारको साखा एकाई गठन!

नेपालको राजनीतिक इतिहासमा पहिलो वैकल्पिक राजनीतिक दलको विजारोपण गरेको उज्वल थापाको विवेकशील नेपाली दल अहिले नीति सम्मेलनका लागी रोल्पा देखी शान्तिको सन्देश दिन र देशको राजनीति वृत्तमा ईतिहास रच्न लाग्दै गर्दा अन्तराष्ट्रीय जगतमा व्यापक संगठन विस्तारको क्रममामा रहेकाे छ l
सिङ्गो प्रवासको नेतृत्व गरी रहनू भएका icc अध्यक्ष सन्जय रिमालका अनुसार आगामी केही समयमा नै विदेशको बाइस वटा देशमा संगठन निर्माण हुने जानाकारी दिनू भएको छ l

नेपाली जनता देशका सर्वश्रेष्ठ हून, जब उनिहरू देश प्रति चिन्तित हुन्छन तब नेपालको माटो सुहाउदो गत्यात्मक राजनीति आजको अपरिहार्य आवास्‍यकता भएको महसूस गर्दै विवेकशिल नेपाली दलमा सहभागी भई देश निर्माणको अभियानमा सामेल हुन्छन् l त्यसैले विवेकशील नेपाली दलले जनस्तर देखी नै अाफ्नो पहिचान बनाउदै गएको विवेकशील नेपाली दलका केन्द्रिय सदस्य सुरेश भट्ट बताउनु हुन्छ l
विशेष गरी खाडी रास्ट्रमा धेरै नेपाली‍हरू हुने र उनिहरू अस्थाई हुनाले उनिहरू केही समय पछी मातृभूमि फर्किनु पर्ने अवस्थाले उनिहरूलाई धेरै देशको चिन्ता हुने हुदा देशको वर्तमान स्थितिमा र प्रबासको बसाईमा आफूले मूल्याङ्कन गर्दा विवेकशील नेपाली जस्तो दल आफूले अरू नदेखेको विवेकशील नेपाली कतारको सनैया साखा एकाईका संयोजक टंकनाथ कोइराला भन्नू हुन्छ l
कोईरालाको नेतृत्वमा एक सल्लाहकार सहित १८ सदस्यि कार्यकारी समिति निर्माण गरिएको विवेकशील नेपाली कतारका अध्यक्ष गौरवराज अधिकारीले प्रवास खवर लाई जानकरी दिनू भयो l

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *