सैनिक आवासीय बिद्यालय धरानमा बृक्षरोपण तथा बिद्यार्थी अन्तरक्रिया कार्यक्रम सम्पन्न


धरान, नेपाल

सैनिक आवासीय बिद्यालय धरानको आयोजनामा  आइतबार, जेष्ठ ५, २०७६ बृक्षरोपण तथा बिद्यार्थीसग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ l उक्त कार्यक्रममा प्रमूख अतिथि पुर्बप्रधानसेनापति  रुक्मांगत कटुवाल, विशेष अतिथि मानार्थ पुर्बउपरथी तारा बहादुर कार्की, SAAN का सम्पूर्ण पधाधिकारीहरु र कक्षा ६ देखि कक्षा १०सम्मका सम्पूर्ण बिद्यार्थी हरुको  उपस्थिति तथा सहभागिता रहॆको थियो l

धर्मिक तथा वातावरणीय दृस्टीले अव्वल रहेको १०८ ओटा  रुद्रक्ष्यको बिरुवा बिधालय परिसरमा बृक्षरोपण गेरर सुरुवात गरिएको कार्यक्रम ,बृक्षरोपण  सम्पन्न भयलगतै कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु र प्रमुख अथिति पुर्बप्रधानसेनापति  रुक्मांगत कटुवाल बीच लगभग २ घण्टा अन्तरक्रिया चलेको थियो l

“एक  नक्षेत्र  एक पल “ नामक अन्तरक्रिया कार्यक्रम समाज र राष्ट्रलाइ उच्च योगदान दिई सकेका व्यक्तित्वहरु सग बिधार्थीहरु  सक्षत्कार गराउने उदेस्यले आयोजना गरिएको थियोl कार्यक्रममा बिद्यालयका प्राचार्य श्री निलम कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम अधिकृत सेनानी सम्झना खड्काले कार्यक्रमको उदेश्यका बारेमा प्रस्ट्याउनु भएको थियो l तेस्तै कार्यक्रमका बिशेस अथिति मानार्थ पुर्बउपरथी  कार्कीले यस्ता कार्यक्रमले बिध्यार्थीहरुको अन्तर्निहित क्षमता उजागर गर्न सहयोग पुग्ने भयकोले यस किसिमका कार्यक्रमहरु निरन्तर रुपमा हुनुपर्ने बताउनु भयो l प्रमुख अथिति पुर्बप्रधानसेनापति कटवालले यसरी विधार्थी हरु सग बसेर उनीहरुसग कुरा गर्न र उनीहरुका कुरा सुन्न पाउदा खुशी ब्यक्त तथा सहभागी विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो l


सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *