अाेमानमा अगामी महिना बुद्ध जयन्ती भब्य मनाउने तयारी ।


अारके श्रीवास्तव/अाेमान/जेठ ४
खाडी मुलुक अाेमानमा नेपाली बुद्ध भिजन अाेमानकाे अायाेजनामा बुद्ध जयन्ती भव्य रूपमा मनाउने तयारी गरिएकाे छ । राजधानी मस्कट स्थित अलमाहा ईन्टरनेशनल हाेटल गाेब्रामा मनाईने जनाईएकाे हाे । अाउँदाे १४ जुन २०१९ शुक्रबार का दिन दिउँसो १ बजे कार्यक्रम अायाेजन गरिने बुद्ध भिजन अाेमानका अध्यक्ष ङेमा तामाङज्युले जानकारी गराउनु भएको हाे ।


सो कार्यक्रममा भगवान गौतम बुद्धको मुर्ति, जन्म स्थल लुम्बिनी र नेपालको गौरव झल्कने प्रदर्शनिहरू समेत देखाईने बताईएकाे छ । कार्यक्रममा स्थानीय कलाकारहरू द्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने र बुद्ध जयन्ती काे शुभकामना अादानप्रदान गरिने छ । भिजनका सचिव कृष्ण लाल लोप्चनले बुद्ध जयन्ती नेपाल र नेपालीहरुको गौरवको दिन भएकोले सबैलाई सहकार्य र समन्वयको लागि अनुरोध गर्नु भएको छ ।
ओमनका क्रियाशिल संघ संस्थाहरू लाई समेत निमन्त्रण गरि २५६३ औं बुद्ध जयन्ती मनाईने जानकारी दिदै भिजनका सचिव लोप्चनले भन्नू भयाे ” कार्यक्रम भब्य रुपमा मनाउन काे लागि ।अाेमकार तामाङकाे संयाेजकत्वमा गठन गरिएको समितिमा नेपाली बुद्ध भिजन ओमनका सबै सदस्यहरु रहनु भएको छ ।

नेपाली बुद्ध भिजन अाेमान परिवार!!!!!!!!!!

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *