गुल्मी सेवा समाज ओमानको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ढकाल

ऋतु शर्मा/ओमन

गुल्मी सेवा समाज ओमानको दोस्रो महाधिवेशन अप्रिल १९ तारिक शुक्रबारका दिन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। राजधानी मस्कट स्थित अजैवा हाेटेल अपार्टमेन्टमा भएको कार्यक्रमकाे संचालक तोलाकान्त भट्टराई गर्नुभएको थियोे भने स्वागत मन्तव्य समाजका बरिष्ठ उपाध्यक्ष सुर्य पन्थी ले राख्नु भएको थियोे । कार्यक्रमको सभाअध्यक्ष समाजका पुर्वअध्यक्ष घनश्याम भण्डारीले गर्नु भएको थियो । यस अवसरमा प्रमुख अतिथि काे रूपमा राजदूतावासबाट श्रमसहचारि श्रीमिति कृष्ण कुमारी गौली, विशिष्ट अतिथिका रूपमा एन आर एन केन्द्रिय सचीव डी बि क्षेत्री र विभिन्न ओमानमा क्रियाशील संघ सस्थाहरुका प्रतिनिधिहरूकाे अथित्वो रहेको थियो| उपस्थित सबैले नव निर्वाचित कार्यसमिति लाई बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

प्रथम कार्यकाल सकेर दोस्रो कार्यकालको लागि दुर्गा प्रसाद ढकालकाे अध्यक्षता मा १७ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । गठित समितिकाे बरिष्ठ उपाध्यक्ष मा सूर्य पन्थी , उपाध्यक्ष महादेव हितान , महासचिव टेकराज भण्डारी ,सचिव हरि डेगा, काेषाध्यक्ष ठाकुर प्रसाद डमरपाल, वरिष्ठ सल्लाहकार तथा अभिभावक ताेलाकान्त भट्टराई ,महिला विभाग संयाेजकमा गाेमा पाण्डे ,सांस्कृतिक विभाग संयाेजकमा अनिल नेपाली , खेलकुद विभाग संयाेजकमा श्रीराम थामी मगर, मंचकाे संरक्षकमा घनश्याम भण्डारी चयन हुनु भएको छ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *