भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरोब्रिजसहितको ठूलो टर्मिनल भवन बन्ने भएको छ। अहिले पहिलोचरणको काम चलिरहेको उक्त विमानस्थलमा दोस्रो चरणको काम शुरु गर्न लागिएको हो।  नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल बनाउनका लागि डिजाइन तयार पार्न कन्सलट्यान्ट नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको हो।  टर्मिनलका लागि परामर्शदाता नियुक्ती गर्न बोलपत्रपत्र बनाउने भइरहेको र बैशाख पहिलोहप्ता सार्वजनिक आव्हान हुने प्राधिकरणमा राष्ट्रिय गौरवका आयोजना हेर्ने इन्जिनियर प्रदिप अधिकारीले जानकारी दिए।  पहिलोचरणको काम सकिएलगत्तै आगामी मंसिरदेखि भवन निर्माणको काम अघि बढाउनेगरी अघि बढेको प्राधिकरणले ३५ हजार वर्गमिटरको टर्मिनल बनाउने भएको छ। भविष्यमा बढ्ने यात्रुको चाप थेग्न अहिलेदेखि नै निर्माणको काम अघि बढाउन खोजिएको अधिकारीले जानकारी दिए।  यो टर्मिनल बनेपछि अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल आन्तरिक उडानका लागि मात्र प्रयोग हुने छ।  १५ वटा पार्किङ वे हुने टर्मिनलमा एरोब्रिज हुने छन्। यसबाट जहाज चढ्दामा जाँदा वा आउँदा सिधै टर्मिनल भवनमा प्रवेश हुने छ।  टर्मिनल बनाउनको लागत तथा अन्य विवरण परामर्शदाताको अध्ययपछिमात्र निश्चित हु्ने प्राधिकरणले जानकारी दिएको छ।  एसियाली विकास बैंको ऋण तथा अनुदानमा पहिलोचरणको काम अहिले भइरहेको छ। धावनमार्ग कालोपत्रे र टर्मिनल भवनको काम अन्तिम चरणमा पुगेको छ भने नेभिगेशन, कम्युनिकेशन तथा एयर सर्भिलेनस इक्वुपमेन्ट जडानका लागि ठेक्का सम्झौता भइसकेको छ।  सन् २०१९ को अगष्टसम्म विमानस्थलको सबै काम पुरा गरी सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने सरकारको तयारी छ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरोब्रिजसहितको ठूलो टर्मिनल भवन बन्ने भएको छ। अहिले पहिलोचरणको काम चलिरहेको उक्त विमानस्थलमा दोस्रो चरणको काम शुरु गर्न लागिएको हो।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल बनाउनका लागि डिजाइन तयार पार्न कन्सलट्यान्ट नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको हो।

टर्मिनलका लागि परामर्शदाता नियुक्ती गर्न बोलपत्रपत्र बनाउने भइरहेको र बैशाख पहिलोहप्ता सार्वजनिक आव्हान हुने प्राधिकरणमा राष्ट्रिय गौरवका आयोजना हेर्ने इन्जिनियर प्रदिप अधिकारीले जानकारी दिए।

पहिलोचरणको काम सकिएलगत्तै आगामी मंसिरदेखि भवन निर्माणको काम अघि बढाउनेगरी अघि बढेको प्राधिकरणले ३५ हजार वर्गमिटरको टर्मिनल बनाउने भएको छ। भविष्यमा बढ्ने यात्रुको चाप थेग्न अहिलेदेखि नै निर्माणको काम अघि बढाउन खोजिएको अधिकारीले जानकारी दिए।

यो टर्मिनल बनेपछि अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल आन्तरिक उडानका लागि मात्र प्रयोग हुने छ।

१५ वटा पार्किङ वे हुने टर्मिनलमा एरोब्रिज हुने छन्। यसबाट जहाज चढ्दामा जाँदा वा आउँदा सिधै टर्मिनल भवनमा प्रवेश हुने छ।

टर्मिनल बनाउनको लागत तथा अन्य विवरण परामर्शदाताको अध्ययपछिमात्र निश्चित हु्ने प्राधिकरणले जानकारी दिएको छ।

एसियाली विकास बैंको ऋण तथा अनुदानमा पहिलोचरणको काम अहिले भइरहेको छ। धावनमार्ग कालोपत्रे र टर्मिनल भवनको काम अन्तिम चरणमा पुगेको छ भने नेभिगेशन, कम्युनिकेशन तथा एयर सर्भिलेनस इक्वुपमेन्ट जडानका लागि ठेक्का सम्झौता भइसकेको छ।

सन् २०१९ को अगष्टसम्म विमानस्थलको सबै काम पुरा गरी सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने सरकारको तयारी छ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *