चरम गुटबन्दीका कारण कांग्रेसको भविष्य सङ्कटमा : डा कोइराला

गाईघाट- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन्।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा उनले पार्टीका मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुटउपगुटमा लागेका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म कांग्रेस साह्रै कमजोर बन्ने अवस्था आएको दाबी गरे।

केन्द्रीय सदस्य कोइरालाले हिजो पार्टीका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोहरु बिर्सेर आज कांग्रेसका केन्द्रीय नेतृत्वहरु एक्लाएक्लै हिँड्न खोज्दा पार्टी कमजोर बन्न पुगेको जिकिर गरे।

नेता कोइरालाले अहिलेको जस्तो अवस्था रहिरहे आगामी दिनमा कांग्रेसको भविष्य सङ्कटमा पर्ने र देश नै अराजकतातर्फ जाने संकेत गरे। जिपी फाउण्डेशनको स्थापनासँगै नेपाली कांग्रेसका उदयपुर जिल्ला पार्टी सचिव मदनराज कटुवाललाई सो फाउण्डेशनको संयोजकमा नियुक्त गरिएको छ। रासस

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *