सत्य निरुपण तथा वेपत्ता छानविन आयोगका पदाधिकारी विदा हुँदै, आयोगले बुझायो प्रतिवेदन

काठमाडौं । वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीलाई भेटेरै प्रतिवेदन बुझाउने तयारीमा रहेको आयोगले समय नपाएपछि सचिवालयमा दर्ता गराएको बताएको छ । प्रतिवेदनमा द्वन्द्वकालमा २ हजार २ सय ८९ जना वेपत्ता पारिएको उल्लेख छ । आयोगले ८० प्रतिशत काम पुरा गरेको जनाएको छ ।

तर, सत्य निरुपण तथा मेलमिलाप आयोगले भने प्रतिवेदन बनाएको छैन । १० वर्षको माओवादी द्वन्द्वका क्रममा भएका घटनाबारे छानविन गर्न गठन भएका दुबै आयोगका पदाधिकारीहरु चैत मसान्तमा विदा हुँदैछन् । नयाँ पदाधिकारी छनौटका लागि सरकारले नियुक्त गरेको सर्वोच्च अदालतमा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा रहेको आयोगले आइतबार मात्रै आफ्नो कार्यविधि तय गरेको थियो ।

कार्यविधि अनुसार समितिले दुवै आयोगमा अध्यक्ष तथा सदस्यहरु छनौटका लागि एक हप्ताको म्याद राखेर सार्वजनिक सूचना जारी गर्नेछ ।

आवेदनमा परेका नामलाई त्यसपछि सिफारिस समितिले छनौट गर्ने बताइएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *