पानीले रोक्यो धुर्मुसको मातृभूमि कप क्रिकेट

काठमाडौं । आज (शनिबार) हुने भनिएको मातृभूमि कप क्रिकेट प्रतियोगीता बिहानै देखि परेको पानीका कारण स्थगित भएको छ । बिहान १० बजेदेखि नै राष्ट्रिय क्रिकेट टिम र कलाकारहरु गरी दुई–दुई टिम बिच प्रतियोगीता हुने भनिएको थियो तर बर्षातका कारण आजका लागि खेल रोकिएको हो ।

अब खेल अर्को शनिबार हुने सम्भावना रहेको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस बताउँछन् । ‘आज नै शनिबार भनेर तोक्न सकिदैन तर सम्भावना आउँदो शनिबारका लागि छ । भोलि हामीले मिति तोक्नेछौं ।’ धुर्मुसले भने ।

मातृभूमि कप क्रिकेट प्रतियोगिता धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय रंगशालाको सहयोगार्थ गर्न लागेको हो । साथै खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने फाउण्डेसनले बताएको छ ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेल्दै छन् । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । कलाकारहरुको टिममा अभिनेता निर शाह, सुनिल थापादेखि अहिलेका युवास्टर सलिनमान बनिया, पल शाह सम्मले क्रिकेट खेल्नेछन्

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *