अर्घाखाँची सेवा समाज कतारको अधिवेशन सम्पन्न,अध्यक्षमा थापा

राम प्रसाद पराजुली-कतार
अर्घाखाँची सेवा समाज कतारको आज सम्पन्न भएको चौथो अधिबेशन बाट सर्बसहमतीले अध्यक्षमा टेकराज थापा चयन भएका छ्न ।


समाजको अध्यक्षमा चुनिएका थापा अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका धारापानीमा जन्मी हाल रोजगारिकोको सिल सिलामा कतारमा रहि आएकाछ्न, सस्थाको हक हित र सामाजिक कार्यमा सक्रिय थापा अर्घाखाँची सेवा समाज कतारको सक्रिय सदस्य,सचिव र अहिले महासचिव पदमा कार्यरत थिए ।


अर्घाखाँची बाट बैदेसिक रोजगारी तथा व्यवसाय गरि कतारमा बसेका जिल्ला वासीहरुको साझा संस्थाको रुपमा चिरपरिचित अर्घाखाँची सेवा समाज कतार “प्रवासमा अर्घाखाँची बासी एक हौ,नेपाली समाजका लागि केहिगरौं” भन्ने मूल नारा लिएर सन २००६ मा स्थापना भइ कतारमा सामाजिक कार्यमा अगाडि आउने सस्थाका रुपमा चिनिन्छ । त्येस्तै केहिदिन अगाडी एक कार्यक्रम गर्दै जिल्ला स्थित ल्शिद्देस्वर शिवालय तथा आनन्द बृद्धालाई एम्बुलेन हस्तानतरण कार्य पनि गरेको थियो ।


सस्थाका अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीमा एनआर एनए आइसीसी तथा समाजसेवि ब्याक्तीत्व नरेन्द्र भाटको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । त्येस्तै कार्यक्रममा कतारमा रहेका सामाजिक तथा बैचारिक सस्थाका प्रतिनिधि, विभिन्न जिल्ला प्रदेश तथा बुद्धिजिवि लगायत कतारमा रहेका पत्रकार,सस्थाका सल्हाकार हरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्तिथ अतिथीहरुले मन्तव्य दिदै अर्घाखाँची सेवा समाज कतारले स्थापना काल देखीनै सामाजिक,नैतिक,भौतिक जस्तो कार्यमा सधै अग्रसर रहेको बताए,समाजले जिल्लाबासि मात्र नभएर समग्र नेपालीहरुको हक हितको निम्ति आवाज बुलन्द पार्दै गएको भन्दै पुरानो समितिले गरेका राम्रा कार्यहरुको निरन्तरता र नया आउने कार्यसमितिलाई बधाई सहित सुभकामना दिए ।


कार्यक्रम अधिबेसन भएपनि माहोल सास्कृतिकमय भएको थियो जस्मा कलाकार हरु,राज गुरुङ,सरु गुरुङ उर्मिला लामा,जोनी आङ्देम्बे,सुमी केसी ,देब घिमिरे,गङ्गा बस्नेत, दिपेन्द्र सुनार लगायतका कलाकारले प्रस्तुत गरेको सांगीतिक प्रस्तुति नृत्य,गायनमा दर्सकहरु झुमेका थिए,
त्येस्तै समाजको पवित्र एम्बुलेन्स अभियान तथा सस्थालाई बिभिन्न समयमा सहयोग गर्ने सहयोगी व्यक्तित्वहरुलाई उक्त कार्यक्रममा बिशेष सम्मानको साथ सम्मान पनि गरिएको थियो । कार्यक्रममा समाजले २ वर्षको अवधिमा गरेको कार्य प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन पनि प्रस्तुत गरिएको थियो ।
सभापति ठाकुर कुमार परियाले बोल्दै सस्था स्थापना भएदेखिनै प्रवासीएका नेपाली हरुको हक हितको निम्ति लागेको र समाजले जिल्लामा मात्र सिमित नभएर नेपालका विभिन्न ठाउँका दुखी पिडित र असायहरुलाई उद्धार तथा आर्थिक रुपमा सहयोग पनि गर्दै आएको बताए, उन्ले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण सहयोगी प्रति धन्यबाद प्रकट गर्दै आफ्नो कार्यकालमा गर्न बाकि रहेका कामहरु नया आउने समितिले पुरा गर्नेछ भन्दै नया आउने टिम जुझारु,ससक्त बनोस भन्ने कामना गर्दै बधाई सहित सुभकामना ब्याक्त गरे ।
उक्त कार्यक्रममा पहिलो कार्यक्रमको सहजीकरण पुर्व महासचिव टेकराज थापा र दोस्रो चरणको सचिव अनिल परियारले संचालन गरे भने उपस्थित सम्पूर्ण अतिथि हरुलाई स्वागत मन्तब्य सस्थाका प्रथम उपाध्यक्ष केदार भुसालले गरेका थिए ।
सस्थाको चौथो अधिबेसन बाट चुनिएर आएको नया कार्यसमिति यस प्रकार रहेको छ
अध्यक्ष : टेकराज थापा
प्रथम उपाध्यक्ष : बिष्णु बहादुर कुवर,
दृर्तिय उपाध्यक्ष : बोम बहादुर बस्नेत
तृतीय उपाध्य :राजेन्द्र पाण्डे
महासचिव : बलराम पाण्डे
सचिव : अनिल परियार
कोषाध्यक्ष : नेत्र आचार्य
सह- कोषाध्यक्ष : सन्तोस केसी
सद्स्य हरु : मनिराम बस्नेत,कृश्न कुमार बस्नेत,इन्दुबर खनाल,सुचित्रा सर्मा,बाबुराम पौडेल,अर्जुन केसि, बोम बहादुर बस्नेत ( ख ) गरि हाल १५ कार्यकारी समितिको नाम तय भएपनि बाकि ६ जना केन्दीय सदस्य पहिलो मिटिंगले थप्ने सर्बसहमतिले जनाइएको छ

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *