पिज्जाले बढाउँछ कार्यक्षमता

एजेन्सी— अफिस जो सुकैले पनि लामो समय लगातार काम गर्यो भने शरीर र दिमाग दुवै शिथिल भइहाल्छन् । यसले काम र क्षमतामा पनि असर गर्न थाल्छ । यस्तो अवस्थामा प्रोत्साहनको जरुरत सबैलाई पर्छ । त्यसका लागि खाने कुरामा ध्यान दिने हो भने पनि धेरै राम्रो हुनसक्छ । त्यस्ता राम्रा खानमध्ये एक हुनसक्छ, पिज्जा । स्वास्थ्यका लागि त पिज्जा राम्रो मान्न नसकिएला तर पनि मानिसहरु पिज्जा भनेपछि खान तयार भइहाल्छन् । अचम्म त के भने केही समयअघि मात्र भएको एक अध्ययनले निष्कर्ष निकालेको छ– पिज्जा खाने मानिसहरुको काम गर्ने क्षमता पनि बढ्छ ।

यो अध्ययन एक अमेरिकी साइकोलोजिस्टले गरेका हुन् । उनले काम गर्ने मानिसहरुको क्षमता विकास कसरी गर्न सकिएला भन्ने थाहा पाउन यस्तो अध्ययन गरेका थिए । एउटा उद्योगका केही कर्मचारीहरुलाई उनले तीन कुरा छान्न लगाए– पिज्जा, पैसा वा तारिफ । अनि केही पछि के पाइयो भने पिज्जा खानेहरुले अझ चर्को गतिमा काम गर्न थाले । उनीहरुको क्षमतामा पनि वृद्धि भयो ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *