नेपाली महिला समुह ओमान ले मनायो 109औं अन्तर्राष्ट्रिय महिला दिवस

नेपाली महिला समुह ओमान ले मनायो 109औं अन्तर्राष्ट्रिय महिला दिवस
*************************************

रितु शर्मा /
8 मार्च 2019/ओमान

देश देखि धेरै टाढा रहनु पर्ने बिवसता।
मन मा घर परिवार को पिडा ।त्यस माथि झन्झावत युक्त लामो समय सम्म काममा खटिनु पर्ने बिवसता अझ महिला भएकै कारण सहनु पर्ने अपमान, तिरस्कार र कानुनी झन्झट ।

तर पनि मन मा एक ऊमंग जोस जाँगर र समय सँग पौठे जोरि खेल्दै अघि बढ्ने हौसला ।

नेपाली महिला मात्र होईन बिश्व का महिला लाई अधिकार, कर्तव्य र एकता मा अघि बढाउने अठोट लिएर महिला दिवस मनाउन ठुलो संख्यामा आठ मार्च 2019का दिन ओमान को अजँवा होटल अपार्मेन्ट हल मा जुटेका थिए ।
नेपाली प्रवासी महिला हरू ।

यो सबै आयोजना गरेका थिए “नेपाली महिला समुह ओमान “का शाहसिक महिला हरू ले ।

 

1908 को न्युयोर्क शहर का महिला ले कम काम को समय ,सुविधा र समान कामको लागि समान बेतन को लागि ब्यापक आन्दोलन गरे ।
त्यसको आंसिक सफलता पछि कोपेनहेगन मा 1910 को 8 मार्च को सम्पन्न अन्तर्राष्ट्रिय महिला कन्फ्रेन्स मा आन्दोलन कि नेतृ क्लारा जेट्किन ले यस दिन लाइ महिला दिवस मनाउन प्रस्ताव राखेपछि विस्वभर महिला दिवस मनाउने गरिन्छ ।

यसै शिलसिला लाई अघि बढाउदै नेपालि
” महिला समुह ओमान ”
ले भब्य र सभ्य रूपमा महिला जागरण को नारा दिदै कार्यक्रम सम्पन्न गरेको छ।

ओमान मा नेपाली दुताबास का प्रतिनिधि कृष्णा गौली को प्रमुख आतिथ्य र ऊदघाटन मा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व समुह कि अध्यक्ष उमा ढुंगानाले गर्नु भयको थियो ।

गोमा थापा को संचालन मा अघि बढेको ऊक्त कार्यक्रम मा शुभकामना मन्तव्य मादि गुरुङ लगायतले राख्नु भयको थियो ।

कार्यक्रममा बिशेष अतिथि रेस्लिङ का ख्याति प्राप्त नेपाली खेलाडी मुना श्रेष्ठ हुनुहुन्थ्यो ।

भने बिभिन्न संघ संस्था बाट प्रतिनिधि स्वरूप आऊनु भयका अनुप पाण्डे गुल्मी सेवा समाज ,
दिल कुमारी सिञ्जाली मगर समाज ओमन ,
संतोष सापकोटा बागलुङ सेवा समाज ओमन ,
सिता तामाङ तामाङ समाज ओमन ,
अनिता तामाङ नेपाल बिवेक शिल दल ओमान ,
सुशिल पुन मगर अन्तर्राष्ट्रिय साहित्य समाज ओमन ,
सेवान्त पुन मगर गैर आवासीय नेपाली संघ ,
रमला श्रेष्ठ नेपाली समाज ओमन ,
नगेन्द्र पौडेल सगरमाथा युवा क्लब,
लक्ष्मी रायमाझी नेपाली एकता समाज ओमन , सम्झना के सि प्रवासी एकता मंच ओमन , ओमकार तामाङ बुद्ध भिजन ओमन ,
ईन्दिरा गुरुङ तमु समाज ओमन ,
हेमा श्रेष्ठ नेपाली खिष्टियन फेलोशिप,
साबित्रा पाण्डे जन सम्पर्क समिति ओमन
मान बहादुर बिक दलित एकता संजाल
को आतिथ्यता रहेको थियो ।

महिला नेतृ क्लारा जेट्किन लगायतका नेपाली महिला आन्दोलन का नेतृ हरू लाई सम्झिनु को साथै वँहा हरू को ब्याक्तित्व बाट प्रेरणा लिँदै नेपाली महिला अधिकार र समान सहभागिता को लागि सामाजिक आन्दोलन लाई अझ तिब्र बनाएर अघि बढ्न मार्ग प्रशस्त हुने बिस्वास बक्ता र ऊपस्थित हरू ले लिएको बुझिएको छ ।

महिला समुह ले राखेको यस आयोजनामा नाच गान को मनोरंजनात्मक कार्यक्रम पनि रहेको थियो ।

NRN Aसामाजिक क्लव को समेत सहयोग रहेको ऊक्त कार्यक्रम मा ओमान मा महिला हरू ले भोग्नु परेका समस्या र घरेलु कामदार लाई श्रम स्विकृती मा लगाइएको प्रतिबन्ध ले सिर्जना गरेको समस्या र समाधानका लागि नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाई एक
“ज्ञापनपत्र ”
समेत बुझाइएको थियो ।

 

बिभिन्न महिला आन्दोलन को क्रम मा सहादत प्राप्त गर्ने शहिद प्रती एक मिनेट मौनधारण गरी मौन श्रद्धा समेत गरिएको थियो ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *