न्याय पालिका प्रति बढ्यो जनता को बिस्वास
**********************************
सूर्य बस्याल /
२२ भदौ २०७५

टिका पुर घटना का अपराधी लाई सजाय ले
न्याय ब्याबस्था प्रति थोरै भएपनि बिस्वास जगाएको छ ।
२०७२ साल भदौ ७ गते कैलालीको टीकापुर भएको हिंसात्मक घटनाको मुद्दाको फैसला साढे तीन वर्षपछि बुधबार भएको छ ।

घटना का मुख्य अभियुक्त रेशम चौधरी लाई सर्वस्व सहित आजीवन कारागार चलान गरिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका १२ जनालाई जन्मकैदको फैसला भएको छ।
भने १५ जना जेलबाट छुटेका छन् ।

साढे तीन वर्ष अघि भएको उक्त घटनामा प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्दले ज्यान गुमाएका थिए ।
त्यस्तै सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीको पनि घटनामा मृत्यु भएको थियो ।

एक जना नाबालक टेकबहादुर साउदको पनि घटनामा मृत्यु भएको थियो ।
टीकापुर घटनामा घाइते भएका प्रहरी हवल्दार जनक नेगीको उपचारका क्रममा ज्यान गएको थियो ।
जानि जानि गराईएको यस घटना ले अपराध सामान्य जस्तै लागेको थियो ।
देश भित्र यस्ता धेरै अपराधी छन् जसले निरपराध नेपाल आमा का सन्तान लाई लुट खसोट र बिचार भिन्नता को आधारमा मारेका छन् ।
ति अपराधी लाई यसै गरी कानुनी दायरामा ल्याउन सके आज देशमा देखिएका अपराधी हरू आफै अपराध छोड्न बिवस हुने थिए ।
जनता सबै न्याय को पक्ष मा एक जुट हौ ।
न्यायाधीश र नेपाली कानुन लाई सम्मान ।
“”””””””:”””””””””””””””””””””””””””””””::””

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *