पर्यट्न मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

Spread the love

पर्यट्न मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

संतोष भट्टराई /

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन् । प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शवमा फूलमाला अपर्ण गरेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

बुधबार ताप्लेजुङको पाथीभरा क्षेत्रमा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । मृतकको शव पहिचान भएपछि आज बिहान श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ ।
दुर्घटनामा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अधिकारीलाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको झण्डा ओढाएका थिए । श्रद्धाञ्जलीका लागि शवहरुलाई बिहान ८ बजे देखि ११ बजेसम्म टुँडिखेलमा राखिएको थियो ।
त्यसपछि अन्तिम संस्कार को लागि परिवारका सदस्यहरुलाई बुझाएको थियो ।र वहा को अन्तिम संस्कार पारिवारिक सदस्य हरू, कास्की का राजनीतिक सामाजिक ब्याक्तित्व हरू को बिच सेती नदि घाट मा गरिएको छ ।
कृयाक्रम लाई तेह्र दिन को लामो समय बाट छुट्याउनुपर्ने नीति का पहल कर्ता रविन्द्र अधिकारी को क्रियाक्रम सात दिन मात्र हुने परिवार सुत्र ले जनाएको छ ।
“”””””””””””””””””

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *