भारत पाकिस्तानको तनावमा नेपालको स्टैंड

Spread the love

भक्त डाँगी, चंडीगढ़ भारत

आणविक शक्ति सम्पन्न राष्ट्र भारत र पाक बीच युद्ध भएमा नेपालल तटस्थ रहन जरूरी छ। भारत र पाकिस्तानबीचको बीच द्वन्द्व चरम सीमा सम बढ़ी सकेको छ। जम्मू–कश्मीरमा फेब्रुअरी १४ मा ४२ जना सुरक्षाकर्मीको ज्यान जानेगरी भएको आत्मघाती बम विस्फोटमा पाकिस्तानको हात रहेको भन्दै भारतले पाकिस्तानसँग युद्ध नै सुरु गर्ने गरी अभिव्यक्ति दिँदै आएको र पाकिस्तान ले पनी यस्को प्रतिकार गर्ने हुदा भारत र पाकिस्तान बीच द्वन्द्व बढेको हो। दुवै देश अहिले नै युद्धमै गइहाल्ने अवस्था नरहे पनी दुवै आणविक शक्तिसम्पन्न देश भएकाले एउटाले अर्कोलाई निषेध गरेर हिँड्ने अवस्था पनि छैन। ठूलो युद्ध नै हुन्छ भन्ने देखिन्न तर अहिले भने भारत- पाक युद्धको त्रास दक्षिण एसियामा तिब्र रुपले फैलिएको छ । भारत र पाकिस्तानमा अतिवादले काम गरेको देखिंछ, भारत र पाकिस्तान दुवै देशको जनस्तरमा निकै अतिवादी सोच रहेको र त्यसले गर्दा अहिले जनस्तरबाटै युद्धका लागि उकास्ने खालका क्रियाकलाप भइरहेका छन।
पाकिस्तानले सरप्राइज जवाफ दिने बताइ रहदा के कुरो के प्रष्ट हूंछ भने – ‘पाकिस्तानी आत्मबिश्वास यसको आणविक शक्तिमा आधारित छ’। अहिलेको अवस्था हेर्दा दुवै देशबीच भयंकर लामो समय सम युद्ध नै भइहाल्ने अवस्था त छैन तर युद्ध भइहाले नेपाल त्यसको चपेटामा नराम्रोसँग पर्ने देखिन्छ।

यदि छिमेकमा आणविक युद्द सुरु भयो भने हामी पनि सुरक्षित रहदैनौ। न त हामी संग आत्म रक्षा को लागि हाथ हतियार छ न ही छिमेकी मित्र राष्ट्र बीच युद्ध नै रोक्न सक्ने गरि हाम्रो कुटनितिक क्षमता बिकास भैसकेको छ । फेरी पनी हामी नेपाली गोर्खाली महान छौ समाजिक संजाल देखी समाचार, आनलाइन पत्र पत्रिका सम भारत र पाकिस्तान युद्धलाई लियर ध्रुवीकृत भै आरोप प्रत्यारोप शाब्दिक , मानसिक र वैचारिक युद्ध लडी रहेका छौ। विनाश काले विपरीत बुद्धि भने झै दुबै आणविक शक्ति बीच युद्ध हुनु र युद्धको लागी प्रेरित गर्नु समश्याको समाधान हुन सकदैन। भूराजनीतिक कारणले पनि यो मुद्दामा नेपाल अछुतो रहन सक्दैन किन भने ‘भारतको विभिन्न सुरक्षा संयन्त्रमा नेपालीहरु छन् । युद्ध भए युद्ध मैदानमा जाँदा हाम्रै 40 हज़ार गोर्खाली सेना युवाहरु मारिनु का साथै यस्को प्रत्यक्ष प्रभाव ऊनिको परीवारमा पनि पड़ने छ जिनको सम्बन्द्ध सीधै नेपाल सँगै जोडिएको छ। दुवै देशबीचको द्वन्द्वले पार्ने सम्भाव्य प्रभावका बारेमा सरकार सतर्क र चनाखो रहनु पर्ने पनि आवश्यकता छ। अहिलेको विषम परिस्थितिलाई सके सम नेपालले आफ्नो क्षमता अनुसार कूटनैतिक बाट दुवै देशलाई ‘सांत’ गराउनेतर्फ लाग्नु जरुरी छ। हचुवाको भरमा प्रतिक्रिया जनाउनुभन्दा पनि गम्भीरताकासाथ घटनाको विश्लेषण गरेर मात्रै जनता र सरकारले बोल्दा ठीक होला।

भारत र पाकिस्तान दुवै देशबीच युद्धकै अवस्था निम्तिए नेपाललाई पहिलो धक्का भारतबाट आयात हुने सामग्रीमा लाग्न सक्छ। ग्यास, पेट्रोलजस्ता अत्यावश्यक पेट्रोलियम पदार्थदेखि दैनिक उपभोग्य सामाग्रीहरुमा नेपाल भारतकै भर पर्नु पर्ने अवस्थामा छ। हामी संग यस्ता दैनिक उपभोग का वस्तुको आयात गर्न सक्ने कुनै विकल्प छैन किन भने उत्तर छिमेकी देश चीनसँगको नाका सञ्चालनमा ल्याउने विकल्प यति छिटो संभव छैन। अहिलेको तनावले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को भविष्य भने चौपट पारेको छ। यसले क्षेत्रीय विकासको अवसरलाई भने नराम्रोसँग असर पार्ने छ

नेपाल र भारतबीचको सीमा खुला छ। युद्धका बेला खुला सीमाको फाइदा उठाउँदै नेपाली भूमि पनि प्रयोग हुन सक्ने र हाम्रो आफ्नै राष्ट्रिय सुरक्षामा पनि खतरा आउन सक्नेतर्फ पनि सरकार अहिलेबाटै सजग हुनु जरुरी देखिन्छ’। पाकिस्तानले नेपाली भूमि प्रयोग गरेर आफ्नो सुरक्षामा खलल पुर्‍याइरहेको भारतले पहिलेदेखि नै आरोप लगाइरहेको छ। तर अहिले कसैको विरुद्ध पनि नेपाली भूमि प्रयोग न होस यो सुनिश्चित गर्नु जरूरी छ। अहिले सार्ककको अध्यक्षता नेपालले गरिरहेको छ। भारतले नेपालको सहयोग पक्कै मिलने छ भनी ढुकक छ भने पकिस्तानले पनि नेपाल ले भारतको समर्थ गर्ने छैन भनि आश गरेको छ। दुई छिमेकी देशहरू भारत र पाकिस्तानबीच तनाव चुलिँदै जाँदा सार्क राष्ट्रको अध्यक्ष भएर पनि नेपाल चुप लागेर बस्नु न्यायसंगत नरहेको भन्दै आवाज उठेता पनि कुनै समय नेपाल भंदा आर्थिक रूपमा कमजोर पाकिस्तान कोरिया सम्म आणविक हतियारको युगमा प्रवेश गरी सकेको बेला आर्थिक र राजनैतिक अस्थिरता मा जकडियको हाम्रो नेपाल जो आज पनी इंसास राईफल र यिनिका गोली गट्ठाको को लागी भारत मा निर्भर देशले कुनै पनी राष्ट्रको सपोर्ट गर्दा सुहाउदैन यसैले आणविक शक्ति सम्पन्न राष्ट्र भारत र पाक बीच युद्ध भएमा नेपालल तटस्थ रहन जरूरी छ यसमा नै नेपाल को हित निहित छ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *