प्रदेशीको आँसु र पसिनाको श्राप लाग्छ सरकार ! (दुई मिनेट दिएर अवश्य पढ्नुहोला) सक्दो सेयर गरौं

पर्खिरहेका होलान् कयौ मुनाहरूले सयौ मदनहरूलाई र नियालिरहेका होलान् हजारौ बा आमा का मधुरो भैसकेर पनि छोराको लागी टाठो बनिरहेका आँखाहरूले! र बोलाउँदै होलान ति सन्तानहरूले बा मेरो लागी उड्ने रोबट वाला खेलौना ल्याईदिनु है भन्दै,र बोलाउदै होला ति बाँझा खेतहरूले मैले खान दिदा दिदै मरूभुमी उर्बर बनाउन गयौ बरू फर्क न ए मालिक भन्दै! सपना उडेर चन्द्रमा छुने लिनुपर्छ भन्थे तर चन्द्रमा छुनु त परै जाओस् च्यातिएको खरको छानो पनि छुन सकेन यदि सक्थ्यो भने त्यो परिवार ओत मा हुने थियो पानी पर्दा हिलोमा हैन! कयौ प्रेमि होलान् प्रिया को सिउँदो भर्ने वाचा गरेर खुसी किन्न हिडेका र हजारौ श्रीमान् होलान् अर्धाड़्गीनीका हरेक चाहा पुरा गर्न नसकेर हिडेका, सयौ बुबा हरू होलान् छोरा छोरी पाल्न नसकेर कमाउन भनी निस्केका, अनी लाखौ छोराहरू होलान् बुढा बा आमाको औषधी किन्न भनेर हिडेका तर अपसोच न प्रेमिले प्रियाको लागी सिन्दुर भेट्यो, न श्रीमानले श्रीमतीका चाहाना मेट्न सक्यो, न बाउले सन्तानका जरूरत पुरा गर्यो! न त ति रोगले ग्रस्त बा आमाका निम्ति ओखती किन्न नै सक्यो! सक्यो त केबल यो अन्जान शहरको काल कोठरी भित्र बसेर रून कराउन सक्यो त्यो पनि भित्र भित्रै आवाज बिहिन भएर! न सुनाउन सक्छ बेदना कसैलाई, न त चाहेर नै देख्न सक्छ आफन्त का अनुहार! न खबर पठाउन सक्छ कसैलाई,न त कसैको खबर मा आउन सक्छ!एक प्रेमि,एक जिबनसाथि, एक ति बा आमाका बुढेसकालको सहारा अनि एक राष्ट्रको होनाहार युवा आज खाडीभित्र छट्पटाउन मात्र सक्छ अँह अरू केही गर्न सक्दैन। उता कसैकी प्रियाले सिन्दुर कुर्दै होली अनी कसैकी जिवन संड़्गिनीले सिन्दुर हेरेर रूदै होलि अनी ति अस्ताउनै लागेका बा आमाले चिता जलाउन मेरो छोरो आईपुगोस् भनी भाकल राख्दै होलान तर बेखबर छन् कयौ पर्देशिहरू! कोही विना कारण त्यो खाडीको जेल भित्र, त कोही मालिक को षड्यन्त्र र खेल भित्र! राष्ट्रलाई त सक्दो जति रेमिट्यान्स बाट सहयोग गरैको हो तर राष्ट्र? अँह राष्ट्रले केहि गर्न सकेन यहाँ भुमरी मा पर्दा! कयौ युवा त्यो जेलमा कोचिरहदा अनी अनाहक मृत्युको सजाय भोगिरहदा उता सरकार साँसद भवन भित्रै कुर्सीको लागी हानाहान मारामार गर्दैछन्, अँह जरूरी सम्झिदैन बिरोधमा एक शब्द निकाल्न, न त जरूरी सम्झिन्छ ति दलाल हरूको जाल मा परेर जालै जाल मा नउम्कने गरी फसेका हजारौ युवा को उद्दार गर्न! तर खोकिरहन्छ कुर्सिमा बसेर हामी स्वदेश फर्क अभियान चलाउँछौ भनेर! कुर्लिरहन्छ साँसद भवनबाट हामी युवाको हितका लागी केही गर्छौ भनेर! भयो नदेखाऊ आसै आसको महल सरकार !!हामीले हरेक आस र सपनाहरूलाई यो मरूभुमिमै दागबति दिईसक्यौ जलाईसक्यौ हामीले हाम्रा सुन्दर रहर र सपनाहरूलाई यो चिहान जस्तै लाग्ने मरूभुमिमा! थाहा छैन पर्देशिएको छोरो बा को चिता जलाउन फर्किन्छ या बाकसमा बा लाई गरिबीको उपहार बनेर फर्किन्छ, थाहा छैन श्रीमान उस्की श्रीमतीलाई सिन्दुर चुरा किनेर फर्कन्छ या शिरको सिन्दुर मेटाउन फर्कन्छ, तर फर्कन्छ अबस्य फर्कन्छ लासै बनेर किन नहोस्!! हजारौ युवा छन् जो आफ्नो पिडा ति बिछडिएर पैसा को आस गरिरहेका परिवार सम्म पुर्याउन सक्दैनन्, त्यो निर्दयी जेल भित्र बसेर पनी बा लाई बा म जेल मा छु भन्न सक्दैनन्!न त भन्न नै सक्छन् पुरै जिन्दगी सँगै कटाउने कसम खाएकी प्रिया सँग ए प्रिए म यो हालत मा छु भनेर! बर्षौ सम्म सम्पर्क मा नआउँदा प्रियाको बिस्वास र आमा बा को छोरो फर्कन्छ भन्ने आस पनि मरिसक्यो होला!माफ गरिदेऊ आमा तिम्रो दुधको भार तिर्न त के फाटेको चोलि सम्म फेर्न सकिन! अनी माफ गरिदिनु बा तपाईको छोरा जिम्मेवार बनेर घर खर्च सम्हालोस् भन्ने चाहाना पुरा गर्न सकिन!अनि तिमी!तिमी पनि मलाई माफ गरिदेऊ प्रिया मैले सँगै जिउने कसम पुरा गर्न सकिन अनि अँ ए सरकार! तिमी पनि माफ गरिदेऊ है मलाई मैले तिम्रो रेमिट्यान्स तिर्न सकिन नि तिमीलाई घाटा लाग्यो है! हरेक कुराको आदत लाग्दो रहेछ। मलाई पनि लाग्यो पीडा नै पीडा सहने आदत तर बा आमा हरू बाट टाढा रहेर खुसी बस्न सक्ने आदत अहँ पटक्कै लागेन! ए अँ बरू खुसीको कुरा थाहा छ? अब म पहिले जस्तो डरपोक छैन नी हाँसि हाँसी कयौले मेरै आँखा अगाडी मृत्यु स्वीकारेको देखेको छु। त्यसैले अचेल मलाई मृत्यु सँग डर लाग्दैन नी आमा! अनी बाबा त्यो खेतमा मेरो औलाबाट रगत आएर म रूँदा हजुरले यति सानो घाउमा कोही रून्छ भनेर फुर्काको याद छ हजुरलाई?? तर मलाई याद छ त्यसैले बा म अस्ति मेरो मेसिनले खुट्टा छिनाउँदा पनि रोईन नी यति सानो पिडा मा नी कोही रून्छ त भनेर! तर म तपाईको त्यो गाली सुन्न नपाएर चैँ पक्कै रोएँ नी बा किन कि हजुरको मायाले गर्ने त्यो गाली मेरो लागी सानो थिएन! खुट्टा त जाबो बैसाखी टेकेर पनि हिडेकै छु नी! अनी थाहा छ मेरो त्यो सिन्धुलीको साथी उसले पनि आफ्नो दुबै हात मेशिनले काट्दा न त घरमा सुनायो न रोयो हो बा कस्तो अचम्म उस्लाई नी दुखेन रे नी, र त रोएन ऊ! तर ऊ आमा को फोटो हेरेर रोयो सायद उस्लाई पनि हात काटिदा भन्दा बढी पिडा आमाको यादले दिएछ क्यारे मलाई जस्तै। यस्ता कयौ पिडा भोग्ने नेपाली छन् यो पर्देशमा जसले हरेक पिडा चुपचाप सहन्छन् र एक्लै एक्लै रून्छन्। यो दैनिकि हो।यसैगरी कतै मैले मेरा सपना र चाहानालाई जलाएको यो चिहान मा नै मेरो चिहान् बन्यो भने, मन मरिसकेको मेरो शरिर को पनी अन्त्य भयो भने, कस्ट मै पनि जिउँने कोसिस् गर्दा गर्दै यो सास् गयो भने, परिवारको खुसी दैवले खोसेर लयो भने, नभन्नु आमा छोराले मेरो काख बिर्सियो नभन्नु,अनी बा हजुरले यो मेरो काँध भुल्यो नभन्नु र प्रिया तिमीले मेरो माया मार्यो नभन्नु! यो कालो कोठा भित्र को एक कुना बाट तिमीलाई अनुरोध छ प्रिया मेरो चोखो मायालाई जाली रैछ नभन्नु अनी मलाई स्वार्थि को उपमा नभिराउनु, र सरकार फासीमा चढ्दै गरेको एउटा निर्दोष तर लाचार नेपाली युवाको एउटा अन्तिम चाहाना म जस्ता ए अँ हैन क्यारे हामी जस्ता युवाको अन्तिम चाहा , हुन त हाम्रो चाहा र पुकार ले हुनेवाला त के थियो र हाम्रो आँशु र बियोगमा डुबेको परिवारको दर्दनाक रूवाईले के तिम्रो मन छुन्थ्यो र तर पनि अपिल गर्छौँ कि अझै कयौ युवाहरूलाई आफ्नो सपना र चाहाना सँगै आफ्नै जिन्दगीको चिहान बनाउन कै लागी यो खाडी छिर्न बाध्य नबनाईदेऊ स्वदेशमै आफ्ना बा आमासँग दुई छाक खुसीले खान सक्ने सम्म रोजगार को अवसर दिलाउ ति बा आमालाई बृद्ध भत्ता दिनुपर्दैन उनका छोरा छोरीलाई रोजगार देऊ आफ्ना बा आमा आफै पाल्नेछन्! लाखौ बृद्ध बा आमा हरूको तिमीलाई आशिर्वाद लाग्नेछ! यो कालकोठरी बाट धेरै लेख्ने हिम्मत पनी छैन ज्यानमा मान्छे नै मान्छे भए पनी मान्छे जस्तो ब्यवहार नगर्ने, राक्षसहरूको सहर बाट अन्तिम शब्द सँगै अन्तिम सास मेरो जन्मभुमिको लागी उपहार पठाएँ जय नेपाल र नेपाली आमा सदाबहार प्रेम तिमीलाई!! “उही एक लाचार नेपाली लेखन:प्रमिला खरेल “प्रयासी” (कसैको जिन्दगीसँग मेल खाएमा संयोग मात्र हुनेछ)जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला र मन परे शेयर गर्नुहोला)

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *