पशुपति शर्मा को “लुट्न सके लुट” बोलको गित र मेरो बुझाई

चर्चित लोक गायक पशुपति शर्मा को नया ब्याङ्गात्मक गित “लुट्न सके लुट कान्छा नेपाल मै छ छुट “निकै चर्चा मा र बिवाद मा पनि छ ।तर पनि ऊनले गित मार्फत देशको दुर्दशा को राम्रो चित्रण गरेका छन् ।

१- आज देशमा अस्पताल का डाक्टर को मनपरि लुट, निजि क्लिनिक र भारतिय ठुला अस्पताल बिच को साँठगाँठ र दँवाई निर्माता र माफिया हरू बिच कमिसन को जालो मा निरिह बिमार हरू को दुर्दशा कसै बाट लुकेको छैन ।

२- सरकारि जागिर गर्ने कर्मचारी, आयस्रोत नै नभयका नेता अझ महान क्रान्तिकारी योद्धा भनिने हरू सँग आज ठुला घर घडेरी र अकुत सम्पत्ति छ ।यो गणतन्त्र ले त्यो सम्पत्ति को स्रोत खोज्छ कि खोज्दैन त? जनता को अधिकार जनता लाई फर्काउन सक्छ कि सक्दैन भन्ने प्रश्न सबै तर्फ छ ।

३- नेपाली जनता ले जनआन्दोलन हरू मार्फत राजतन्त्र फालेका छन् ।ऊनि हरू शासन को बिकेन्द्रिकरण र सुशासन चाहन्छन् ।र संसाधन को ऊपयोग सार्वजनिक हितका लागि होस् भन्ने चाहना राख्छन् ।
तर गणतन्त्र मा पनि संशाधन को ऊपयोग कर्मचारी र राजनीतिक नेतृत्व को लागि मात्रै भयो भने अवस्य पनि सामन्तवाद को ऊच्छेद हुने छैन र नया भुरे राजा जन्मने छन् ।त्यस लाई रोक्न जन आवाज र सतर्कता आवश्यक हुन्छ नै ।

४- नेपाली जनता प्रजातन्त्र र जनवाद को लागि लडे । बिभिन्न पार्टी हरू को झण्डा मुनि गोलबन्द भयर तानाशाही ब्याबस्था को बिरोध गरे ।तर ठुलो राजनीतिक परिवर्तन पछि पनि राजनीतिक दल भित्र दुई चार जना ठुला नेता को एकाधिकार कायम छ ।र चाटुकार हरू ले नै पद प्रतिष्ठा र सम्मान पाउने परिपाटी अझ मौलाउदै छ ।बिरोध गर्ने हरू ,सिस्टम का कुरा गर्ने हरू ,मेहनती, ईमान्दार कार्यकर्ता, किनारा लाग्दै गएको तितो यथार्थ नेपाली राजनीतिमा दिन को घाम जस्तै छर्लङ्ग छ ।

५- नेपाली जनता गरिब छन् देश रिण मा छ ।त्यसैले धनि देश को जरूरत को बस्तु पनि हाम्रा लागि बिलासिता हुन्छ ।
रिण लिएको पैसा ले सत्ता को लागि सुविधा उपलब्ध गराउन भन्दा पूर्वाधार निर्माण गरेर आफ्नो खुट्टामा उभिन सिक्न र हैसियत को जिवन शैली अपनाउन जरूरि छ ।
सत्ता संचालक हरू ले पनि मितव्ययिता अपनाउन जरूरि छ ।

६- सरकार हरू बाबु बाजेको पाला देखि अहिले सम्म सधै छन् तर दवाई को अभाव मा, खान को अभाव मा ओत को अभाव मा, न्याय नपाएर अकाल मा मर्न धेरै जनता बिवस छन् ।जसले गर्दा तारनहार बन्नु पर्ने नेतृत्व मृत्यु ल्याउने यमराज को कोटि मा निरन्तर देखिने परिपाटी को अन्त्य हुनै पर्छ ।

७- कानुन छ तर जनता र शासक कसैले मान्दैनन्।
लाईट बिना को बाटो, नियम बिना दौडने सवारी साधन ,आफ्नो मनपरि मोटरबाटो मा दौडने जनता सबै ऊस्तै छन् ।न त तष्कर लाई अपराधी लाई कानुन को डर छ न त प्रशासन ले कानुन पालन गराऊछ ।कहिले सम्म हामी मनपरी तन्त्र मा जिऊने ।नागरिक कर्तव्य संबिधान मा पनि ऊल्लेख छ हामी नेपाली ले त्यसलाई पालन गर्नै पर्छ ।

८- धेरै राम्रा काम को सुरुवात गरेको छ बर्तमान सरकारले ।
तर बेथिति लाई रोक्न सकेनौ भने सरकारी प्रयास निरर्थक हुनेछ ।
जनता का बलिदान ले ल्याएको संघीय गणतन्त्र मा लुट तन्त्र को लागि कुनै ठाऊ रहनु हुदैन ।

समय मै सजग गरेका छन् पशुपति शर्मा ले हामी लाई ।यसलाई सकारात्मक रुपमा बुझ्न जरूरि छ।

कलाकार काब्यात्मक हुनु पर्छ ।स्रष्टा हुनुपर्दछ । शब्द चयनमा सजग हुनुपर्छ । सांस्कृतिक चरित्रलाई सकारात्मक बाटोमा डोर्याउन सक्नु पर्दछ ।त्यसैले ऊसले सधै संकार युक्त भाषा को प्रयोग गर्न सक्नु पर्दछ ।पशुपति शर्मा सँग पनि नेपाली समाज संकार र संकृति को अपेक्षा गर्दछ ।
*******************

 

सूर्य बस्याल
बङ्नासकालि ६गुगाँ रेले पाल्पा
।।।। ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *