ओमानमा हर्षोल्लासका साथ मनाइयो सोनम लोसार

Spread the love

  ओमन    रिता शर्मा

तामाङ समुदायको प्रमुख पर्व सोनम लोसार ओमानमा हिजो शुक्रबारका दिन भव्य र सगिँतमय वातावरणमा मस्कट स्थित अलमासा हलमा सम्पन्न गरिएको छ।

    

तामाङ समाज ओमानले आयोजना गरेको उक्त कार्यक्रममा ओमानमा क्रियासिल बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा ओमानवासी नेपाली दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

     ओमनमा लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले उद्घाटन पश्चात सम्पुर्ण लाइ सोनम लोसारको शुभकामना दिनुभएको थियो र दुतावास सदैव ओमानमा रहेका नेपाली हरुको लाइ उपस्थित रहने जानकारी गराउनु भएको थियो।

     कार्यक्रम का मुख्य आर्कषण रहेका गाएक एवं नेपाल आइडल १ का सुरज थापा ले “आमाले सोध्लिन खोइ छोरा भन्लिन ” भन्ने तिलकमान गन्धर्व को पुरानो गित गाइ सबै लाइ मन्त्र मुग्ध पारेका थिए भने आर्कि  गायिका मिङ्स लामाले सेलो गित मा उपस्थित सम्पूर्ण दर्शकलाई नचाएकि थिइन। कार्यक्रमको बिचबिचमा ओमानमा रहेका स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहेको थियो।

   तामाङ समाज ओमानका अध्यक्ष  प्रेम तामाङ को सभापतित्वमा सचाँलित उक्त कार्यक्रमलाइ बिरोज लामा ले सचाँलन गरेका थिए।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *