आफ्नै पैसामा आफै बेचिएका छौ हामी नेपाली

राम प्रसाद पराजुली /कतार

आफ्नै पैसामा आफै बेचिएका छौ हामी नेपाली

देशको परिस्थिति र आफ्नो पिडा सबै दुख सुख भुलेर विदेशको गल्लिमा जिबन गुजारा सजिलै संग चलाउने सपना धेरैले बुनेका हुन्छन । तर बिडम्बना बिदेशमा आफुले सोचे जस्तो र भने जस्तो काम कमैले पाउने गर्छन । तर पनि आफ्नो घर परिवार र आफ्नो देशको हालत लाइ सम्झेर जस्तो भए पनि जति सुकै दुख पाए पनि आफुले सहज जिन्दगी काट्न नसके पनि साहुको ऋण र परिवार को भविश्य लाइ सम्झेर ति दुख कस्टहरु कहिले रगत बाट त कहिले पानी सरि पसिना बगाई आफ्नो मनलाइ सम्हाल्ने गरिन्छ ।
अब हामी नेपाली जनताले बुज्ने पर्ने अवस्था आएको छ यदी हामी ले देशलाई बचाउनु छ भने सधैं बिदेशिको आशा र गुलामी गरेर बस्ने कती दिन र किन हाम्रो देशले कुसल नेता पाउन सकेनौँ कतै हाम्रो कमी कम्जोरी त छैन? किन हामी २/४ दिन को रम्झममा भुलेकाछौँ । हामी आफ्नै कम्जोरिका करण आफ्नै पैसामा आफै बेचिएका छौँ। हामी नेपाली हरु हातमा सिप मनमा जोस र ज्यानमा जाँगर हुँदा हुँदै पनि हाम्रो नेपाली युवा शक्तिहरु आफ्नो सुनौँलो सपना बोकी हामी नेपालीहरु विदेशीने क्रम अतिनै बढेको छ । हो हामी मनाव भएर जन्म लिए पछि यो समाजमा केहि आफ्नो लागि नभएर अरु को लागि भए पनि केहि गर्न जरुरी छ भन्ने भावनाले गर्दा हजारौँ सपनाको पोको पारी हरेक समस्याको सामना गर्दै आफ्नो जन्म भुमि देखि धेरै टाडा जाने गरेका छौँ। आफ्नो र पारिवारिक जिम्मेवारी समेत पुरा गर्ने उदेश्यको लागि हामी
जन्म भुमि छाडेर कर्म भुमिको रुपमा बिदेशलाई बनाउन बाध्य बनेका छौँ ।

विश्वभरी छरीएर बसेका हामी नेपालीहरुको संख्या अहिले अनुमानित रुपमा ५०/५५ लाखको हाराहारीमा रहेको अनुमान लगाइन्छ र जसमध्ये अधिकांश नेपालीहरु खाडीमुलुकमा छन् ।यसमा पनि अन्य देशमा भन्दा खाडी मुलुकमा हामी नेपाली हरुले धेरै नै समस्या झेल्नुपरेको छ। निश्चित नै हो हामी जुन प्रवासीने बेलामा जुन सपना देखेका हुन्छौँ ति सबै सपना पुरा गर्ने अवस्था छैन ।नगन्य मात्रमा सोचे भन्दा
राम्रो हुन्छ भने अधिकांशले सोचे भन्दा विपरित र दर्दनाक समस्या भोग्नु परेको अवस्था छ। भने कयौँ नेपाली सुवाहरू दलालहरुबाट ठगिएका कारण समस्यामा परेर न्यायको भिख माग्दै भौँतारिँदै हिड्नु परेको अवस्था दिन प्रति दिन बढ्दो छ ।आफ्नो देशमा रोजगारीको अवसर नमिले पछि विशेष त: खाडी मुलुकहरूमा सस्तो मुल्यमा हाम्रो श्रम बेच्नु पर्ने बाध्यता विद्यामान नै छ ।

त्यसमा पनि भाषा,खानपिन, रहन सहन र त्यो ठाउँको अनमेल र अज्ञानताको कारणले पनि नेपाली युवाहरू अनेकौँ समस्यामा र झुटा मुद्दा , अनि अरुले गरेको गल्तिमा पनि आफू सजायको भागिदार बन्न पुगेका छन्।त्यस किसिमको समस्या बाट कोही लाखौँ रुपिँया तिरेर निस्ककेका छन् त कोहि मृत्युको दिन पर्खदै जेलमा बन्दक भएर बाँच्न बाध्य छन्। हाम्रो सरकारको लापरबाहीका कारणको साथ साथै केही आफ्नो कमजोरीका कारण यी समस्यामा फस्ने गरेका छन् । नेपाल बाट आउँदा राम्रो काम भनेर आउँछन् तर बिदेशमा आएपछि फस्ने गरेका छन्। यस्तै समस्याहरुलाई हाम्रो सरकारको कुनै चासो नदेखाएकै कारण विभिन्न संघ संस्था गठन गरि त्यो ठाउँको समस्यालाई सहज रुपमा समाधान गर्नको लागि
नेपाली युवा हरु लागी परेको धेरै पाइन्छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *