दिल्ली मा प्रवासी नेपाली संघ भारत को आयोजना मा* भलिवल टुर्नामेन्ट* सम्पन्न

 

यहि 26, 27 जनवरी 2019 का दिन “प्रवासी नेपाली संघ भारत ” “दिल्ली राज्य खेलकुद तथा अतिरिक्त कृयाकलाप बिभाग द्वारा भारतको ७० औं गणतन्त्र दिवस तथा प्रवासी नेपाली संघ भारतका संस्थापक क- एकदेव आलेको ५० औं स्मृति दिवस को अवसर पारेर बृहत अन्तर प्रवासी नेपाली भलिवल टुर्नामेन्ट सम्पन्न गरेको छ ।

कुल बहादुर धमेलको अध्यक्षता र गुम बहादुर थापाको संचालनमा सम्पन्न ऊक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि संघका केन्द्रीय सदस्य एक नारायण ढकालले गरेका थिए ।

 

१३ टिम हरूको सहभागीता रहेको कार्यक्रम दिल्लिको पौसगिंपुर खेल मैदानमा दुई दिन सम्म चलेको थियो ।निकै रोमाञ्चित गर्ने खेलमा दर्शक हरूको जमघट निक्कै बाग्लो रहेको थियो ।
हुटिङ्, तालि र एक्सन ले भरिपूर्ण खेललाई अनुशासित र मर्यादित बनाऊन आयोजकले कडा मेहनत गरेका थिए।

बाह्र टिमलाई पछि पार्दै प्रथम पुरस्कार प्रमाण पत्र र ट्राफि माथी “पर्वत कालकाजी क्लब “ले कब्जा जमाउन सफल भएको थियो ।

भने द्वितीय स्थानमा “आँधिखोला स्याङ्जा क्लब “र तृतीय स्थानमा लुम्बिनी युवा क्लब रहन सफल भएको थियो ।भने ऊत्कृष्ट खेलाडीको पुरस्कार जित्न “आँधिखोला स्याङ्जा क्लब ” का खेलाडी बिनोद बि.क. सफल भएका थिए।
ऊक्त कार्यक्रमको पुरस्कार वितरण कार्यक्रमलाई संघका केन्द्रीय सदस्य सूर्य बस्याल, दिल्ली राज्य समितिका अध्यक्ष एन बि थापा, सचिव बिमल पौडेल महिला नेतृ ममता बि.क. लगायतका अतिथिहरूले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका
केन्द्रीय सदस्य सूर्य बस्यालले खेल एक योजना, टिम वर्क, अनुसासन, र लक्ष्यमा दृडताले सम्पन्न हुने भन्दै खेल बाट स्वास्थ्य, परिष्कृत र समृद्ध जिवनको लागि शिक्षा लिनुपर्ने बताए ।
देश भित्रको कम्युनिष्ट सरकारले स्वदेश फर्कन चाहने प्रवासी नेपालीहरूका लागि स्वदेशमै स्वावलम्बी र स्वरोजगार बन्न योजना अघि सारेको र नेपाल भारत संबन्धलाई सम्मानको आधारमा अघि बढाउन प्रयत्नशिल रहेको बताउदै आफु र समाज को ऊन्नति प्रगति को लागि एक जुट भएर काम गर्न ऊपस्थित सबैलाई आव्हान गर्दै विजेता टिमलाई बधाई दिएका थिए ।

शुभकामना मन्तब्यकै क्रममा अन्य अतिथिहरूले पनि प्रवासी नेपाली एकतामा जोड दिनुको साथै मिलेर समृद्ध जिवनको लागि कार्य गर्नु पर्ने भन्दै ब्यायाम र नियमको दोस्रो रूप खेल भएकोले दैनिक जीवनमा खेललाई जोड्नु पर्ने बताए ।
साथै संस्थापक एकदेव आलेको कृतित्वको चर्चा र सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
*************************************

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *