मनकामना एकता फाउन्डेसन को मुम्बई मा सत्य नारायण र लक्ष बत्ती महा पुजा सम्पन्न

सन्तोष भट्टराई / शिव बस्याल
26/ 1/2019 मुम्बई

मानव जीवन को पुण्य कार्य भाइचारा, धर्म ,संस्कृति, संस्कार र परम्परा को रक्षा गर्नु नै इस्वर प्राप्ति को सङ्कलप पुर्ण गर्दै दैवी शक्ति बाट अङ्कित “मनकामना एकता फाउन्डेसन “भारत मुम्बई ले हरेक वर्ष झै २६ जनवरी २०१९ सनिवार का दिन मुम्बई मा गरेको सत्यनारायण महापुजा जस्तो अति पुण्य धार्मिक कार्य सम्पन्न गरेको छ ।

 

सो धार्मिक कार्यक्रम मा सहभागी हुने प्रत्येक नेपाली आज आफुलाई सच्चा हिन्दु धर्मावलम्बी साथै नेपाली हुनुमा गौरवान्वित महसुस गर्दछ भने देश बिदेशमा रहनुभएका दाजुभाइ तथा दिदी बहिनीहरू को लागि प्रेरणा को स्रोत बन्न पुगेको छ।

प्रवासी नेपाली दाजुभाइ ,दिदिबहिनी प्रत्येक को आस्था देशप्रेम साथै धर्म ,कला , संस्कृति संस्कार ,परम्परा को सम्मान र भाइचारा को थलो बन्दै अगाडि बढेको यो शुभ कार्य मा फाउन्डेसन को परम्परा अनुसार पहिले राष्ट्रिय गीत बाट सुरु भएको थियो।

भने अति पौराणिक संस्कृत स्वलोक अध्याय पनि प्रस्तुत गरीएको थियो।त्यसपछि सबै श्री सत्यनारायण बर्तकथा सुन्दै लाभ प्राप्ति गरेका थिए भने लक्ष्यबत्ति (लाख बत्ति )पनि बाल्दै भजन किर्तन को साथमा श्री पशुपति नाथ कि जय, नेपाल आमा कि जय जय कार पनि भएको थियो।

 

बास्तवमा यो शुभ कार्य ऐतिहासिक बन्दै देश र नेपाली जनताको हीतको लागी अन्य उल्लेखनिय योगदान गर्ने हरू लाई सम्मान पनि गरिएको थियो।

भने देशप्रेमी नर नारी हरू मातृभूमि को सम्मान गर्दै नेपाली पोषाकमा आकर्षक बन्दै अहम भूमिका निर्वाह गर्नु भएको थियो।

अत यो शुभ कार्य एक ऐतिहासिक मात्र नभएर स्मरणीय रहेको र आउदा दिनहरूमा पनि रहने छ आउने भक्तजन हरु को भनाइ थियो।

 

 

 

************************************

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *