ओमान नेपाली एकता समाजकाे बनभोज तथा नमराज आचार्यकाे बिदाई कार्यक्रम सम्पन्न ।
शालिकराम आचार्य
मस्कट/ओमान – ।१२ माघ २०७५ अनएकत्ता मा एकताकाे सन्देश दिंदै बिभिन्न कारणले प्रवाशीन बाध्य भएका नेपालीहरुलाइ समेट्दै एकताको सुत्रमा बांधेकाे ओमान नेपाली एकता समाजले बनभाेज तथा संगठनका कर्मठ, जुझारु सदस्य नमराज आचार्यकाे बिदाई गरेको छ । 
विगतका  बर्षहरु जस्तै  एकता समाजले यसपाली पनि बनभोज कार्यक्रम सम्पन्न गरेको छ।  २५ जनवरी २०१९ का दिन मस्कटको इत्ती समुन्द्री किनारमा  बनभोजको आयाेजना गरेका थियो ।
बनभोजको प्रमुख आकर्षण भने बक्तित्वकला प्रतियोगिता रहेको थियो ( वैदेशिक रोजगारका समस्या र समाधानका उपाय) भन्ने  शिर्षकमा चलेको बक्तित्वकलामा बिभिन्न बक्ताहरुले भाग लिएर वैदेशिक राेजगारले दिएका बिभिन्न समस्याहरु ओैलाउँदै, उक्त समस्याकाे समाधानका उपायहरु बताएका  थिय ।
 बनभाेज कार्यक्रमकाे रमाइलो मा अर्को आक्रषण रहेको थियो नमराज आचार्यकाे बिदाई २००९ देखि नै ओमान नेपाली एकता समाजमा आफ्नाे अलकै छवि बनाएका नमराज आचार्य आफ्नाे ओमान बसाइ लाई बिट मारी स्वदेश फर्कन लागेकाले उनको  बिदाई गरेकाे छ ।
नमराज लाई बिदाई तथा शुभकामना दीदैं विभिन्न पदाधिकारीहरु ले नमराज आचार्यले गरेका कामहरू र उनी संग विताएका पलहरुकाे स्मरण गरेका थीए, साथै  समाजमा फरकै सैलीमा संगठनका विभिन्न विभागको जिम्मेवारी निभाउदै आएका नमराज आचार्य ओमान नेपाली एकता समाज केन्द्रीय सदस्य, सिव एरिया समिति, अलखाेयईर एरिया समिति तथा रक्तिम परिवार मा एकैसाथ विभिन्न पदमा रहेर जिम्मेवारी निभाउंदै आएका थिए ।
ओमानमा रक्तीम लाई चिनाउन प्रमुख भुमिका खेलेकाे भन्दै अध्यक्ष तथा महासचिव लगाएतका पदाधिकारीले भावुक्ताका साथ मायाकाे चिनाे प्रदान गरेका थीए, सथै नमराज आचार्य ले पनि सबैको मायाले आफुलाई अझै शसक्त भएर बड्न थप उर्जा र प्ररेणा मिलेको भन्दै सम्पूर्ण संगठन तथा ओमान स्थिति नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई धन्यवाद ज्ञापन गरेका थीए ।
वनभोजमा कुर्सी दाैडल गाएतका खेलहरु  रक्तिम कलाकारहरुले नृत्य प्रस्तुत गर्नुका साथै सबैले नाच गान, पथ्थरीला पहाडहरु काे निरक्षण तथा समुन्द्रमा नाैका विहार  गरी रमाइलो गरेका थिय ।
 बनभोजको संयोजक मनु सुनार दार्रा स्वागत मन्तव्य दिदै टाढा टाढा देखी समय मिलाएर भनभोजमा हौसला दिदै रमाइलो बनाउन आउने सबैलाइ स्वागत गर्दै खुशी ब्यक्त गरिएको थियो, तथा ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतले शुभकामना मन्तव्य दिदै सम्पुर्ण  ओमान बासी  मजदुर साथीहरुलाइ यस बनभोजले भेटघाट र परिचय गर्ने बाताबरण मिलाएको भन्दै बिभिध बिषय समेट्दै साथीहरुलाइ हौशला तथा शुभकामना दिएका थिए । बक्तित्वकलामा प्रथमहुने शाबित्रा पाेखरेल पान्डे र दितिय हुने लक्ष्मी रायमाझी तथा  कुर्सी दाैड खेलमा
 प्रथम हुने गाैतम श्रेष्ठ तथा दितिय हुने जय कुमारी थापालाई बिशेश उपहार प्रदान गरिएको थियो ।
अन्त्यमा संयोजकबाट बनभोज कार्यक्रम अनुशासन पुर्वक सफल बनाउने सम्पूर्ण लाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो
सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *