तमु समाज ओमानको चेली-बेटी भोज (स्वोकै )कार्यक्रम सम्पन्न

तमु समाज ओमानको चेली-बेटी भोज (स्वोकै )कार्यक्रम सम्पन्न
ऋतु शर्मा / ओमान
————————–
यहि 25 जनवरी 2019 का दिन ओमानको पार्कओए रेस्टुरेन्ट रुइ मा “ तमु समाज ओमान” ले चेली-बेटी भोजको आयोजना गरेको थियो ।

मन्चलाई चारै तिर बाट फूल, माला, ध्वजा, पतका र बेलुनले सजाईएको थियो भने मन्चको अगाडी डाली र टोकरी हरूमा सेल रोटी, फलफूल र नेपाली खानाका बिविध परिकार राखिएको थियो ।

पुर्ण तमुको सभापतित्व र गोविन्द तमुको प्रमुख आतिथ्य रहोको उक्त कार्यक्रम नेपाली राष्ट्रिय गित बाट शुरु भएको थियो। कार्यक्रमलाई अध्यक्ष पूर्ण तमु, कार्यक्रमका मुख्य अतिथि गोविन्द तमु, बिशेष अथिति तोलाकान्त भट्टराई, संस्थापक अध्यक्ष मादि तमुसे र भुपु अध्यक्ष अमित अमुकले संम्युक्त रूपमा पानसमा दीप प्रज्वलन गर्दै ऊद्घाटन गरेका थिए ।

 

 

तमु समाजका भाई खलकलाई परम्परागत रूपमा चेली बेटीले फेटा र कोसेली प्रदान गरेका थिए भने चेली बेटी खलकलाई दाजु भाइ हरूले क्रमो ( पछेऊरा ) बाँडेर सम्मान र स्वागत गरेका थिए ।

तमु समाजको भेष भुषामा चिटिक्क सझिएका महिला दिदि बहिनी र दाजु भाइ हरूको बिच नाचगान रमाइलो गर्दै नेपाली परिकार को भोज ग्रहण गरिएको थियो ।

यसरी सम्पन्न कार्यक्रमले नेपाल भित्रको जातीय सांस्कृतिक बिविधता भित्रको एकता र भाइचारालाई खाडी मुलुक ओमानमा पनि सफलता पुर्वक अघि बढाएको त्यहाँ उपस्थित सबैले अनुभूति गरेका थिए ।

महिला हरूलाई देवीको रूपमा पुजा गर्ने संकारमा हुर्किएका हामी नेपालीहरूले चेली बेटीलाई समुन्द्र पारी बिरानो देशमा पनि संगठनको झन्डा मुनि रहेर सम्मान गर्ने तमु समाज को परिपाटी एक प्रेरणा दायिक रहेको छ।

उनीहरूको सकारात्मक सोचलाई समाजमा अघि बढाउन जरूरि रहेको सबैलाई महशुस भएको छ ।

 

 

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *