श्री स्वस्थानी व्रतकथा’ प्रारम्भ

श्री स्वस्थानी व्रतकथा’ प्रारम्भ
“””””””””””””””””””””””””””””””””””
सन्तोष भट्टराई / मुम्बई
21-01-2019

सतिदेवी दक्ष प्रजापतीकी छोरी हुन् तर दक्ष प्रजापतीले अन्य देवगणका अगाडी सतिदेवीकी पति आराध्यदेव भगवान शिवजीको अपमान गरेपछी, आवेगमा सतिदेवीले अग्नीकुण्डमा हामफालेर देहत्याग गर्दछिन् ।

जल्दै गरेको उनको शरीरलाई हातमा राखेर महादेवले भावविह्वल भएर संसार परिक्रमा गरेका छन्, यसरी परिक्रमागर्दा सतिदेवीका शरीरका अङ्गहरु क्रमैसँग धर्तीका विभिन्न स्थानमा झरेको स्कन्द पुराणले बताएको छ ।सतिदेवीको शरीरको अन्तिम अंश झरेर गूहेश्वरी शक्तिपीठ भएको, त्यस्तै उन्को कपाल झरेकाले धनुषा जिल्लाको छिरेश्वर पीठ उत्पन्न भएको, जम्मु कश्मिरको त्रिसन्देश्वर पीठमा शतिदेवीको घाँटी झरेको र यस्तै श्रीलङ्का अनि बङ्ग्लादेशमा धेरै शक्तिपीठहरु अझै रहेका छन् ।

 

 

स्वस्थानी व्रत समापनका अवसरमा नेपालका धेरै ठाउँमा मेला लाग्ने गर्दछ, व्रतालुको घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ ।

किशोर किशोरीको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ ।

हिउँदमा पूजा गरिएका खोलाका किनारहरुले वर्षामा सबैको रक्षा गरुन्, लैगिंक समानताका लहरहरु समाजमा साकाररुपमा फैलिउन्, माता स्वस्थानी लगायत अष्ट मातृका सबैको हामीप्रति असिम अनुकम्पा रहोस् ।

इति श्री पुराण केदार खण्डे माघमा अगस्ते सम्बादे श्री स्वास्थानी माता व्रत काथा हरे नम :
“”””””””””””””””””””””””””””””””””””””””””””””

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *