भाग्यमा लेख्या रैछ” बोलको म्युजिक भिडियोको बिमोचन कतारमा बृहत रुपमा सम्पन्न।

***************************
राम प्रसाद पराजुली / कतार

कतारमै पहिलोचोटी रिमोट थिचेर म्युजिक भिडियोको बिमोचन भएको छ।सन्ध्या फिल्म्स एण्ड मिडियाको ब्यानरमा निर्मित नेपाली आधुनिक गीत “भाग्यमा नै लेख्या रैछ” बोलको नयाँ म्युजिक भिडियोको बिमोचन कतारको अलखोर स्थित एक हलमा बृहत रुपमा कार्यक्रम सम्पन भएको हो ।
कतारका बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियो अलखोर स्थित अलमिस्नाद कम्पनिको सभाहलमा एक कार्यक्रमको बीच थुप्रै संगीतप्रेमि महानुभावहरुको बाक्लो उपस्थित बीच उक्त भिडियोलाइ कार्यक्रमका सभापति, प्रमुख अथिति, बिशेष अथिति लगायतका ब्यक्तित्वहरुबाट रिमोट थिचेर बिमोचन गरिएको हो ।

सन्ध्या फिल्म्स एण्ड मिडियाका चियरमेन सुरज तामाङको सभापतित्वमा भएको कार्यक्रममा कतारमा सक्रिय रुपमा संचालित सामाजिक सस्था सन्ध्याग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बाको प्रमुख आथित्यमा भएको थियो भने भिडियोको मोडल द्वय राज गुरुङ र उर्मिला लामा लगायत अन्य बिभिन्न संघसथा सामाजिक ब्यक्तित्व बुद्दीजीविहरु बिशेष अथितिहरु र अतिथिहरुको लगायत कतारमा रहेका कलाकारिता सम्बन्धित ब्याक्तित्वहरुको बाक्लो उपस्थित रहेका थिए ।
ब्यानर अनावरण दिप प्रज्वलन र राष्ट्रिय गीत गाउदै सुरु गरिएको कार्यक्रममा सन्ध्याग्रुपका महासचिव सन्तोष केसीले उपस्थित सम्पूर्णलाइ स्वागत मन्तब्य बाट स्वागत गरे ।

कार्यक्रमका प्रमुख अथिति याक्थुम्बाले बोल्दै स्थानिय र प्रवासीएका नेपालीद्वारा निर्माण गरिएको म्युजिक भिडियोलाई कतार प्रवासमा सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालीले बिमोचन कार्यक्रम राख्नु सुखद कुरा हो यसले कलाकारिता क्षेत्रमा लाग्न चाहनेलाइ एउटा प्रेरणा मिलेको र यो बिमोचा कतारको हकमा अरुभंदर फरक ढङमा गरी स्थानियाकलाकारहरुको उच्च सम्मान गरिएको भन्दै म्युजिक भिडियोले सफलताको सिखर चुमोस भन्दै शुभकामना ब्यक्त गरेका थिए।
बिमोचन कार्यक्रममा केहि अथिति हरुलाई समीक्षकको रुपमा निम्त्याइएको थियो जस्मा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराई, बरिष्ठ पत्रकार तिल बिक्रम थेबे र “ग्याबा तामाङ वंश उत्थान संघ कतारका
अध्यक्ष रामचन्द्र तामाङले “ भाग्यमा नै लेख्या रहेछ” बोलको म्युजिक भिडियोको समिक्षा गर्दै प्रवास कतारमा नियम कानुनको दायरा भित्र रहेर,सिमित क्षेत्रमा छायांकन गरिएको भिडियो प्रशङ्सा योग्य रहेको बताए ।
सबै समिक्षकहरुले कतारको हकमा यो म्युजिक भिडियो अत्यान्तै उत्कृष्ट रहेको र कम्जोर पक्ष्य सामान्य कुरा कम्जोर रहेपनी खासै खोट लगाउने कुरा नभएकोभन्दै कलाकार देखि प्राबिधिक क्यामरामा मेन र निर्देशक सबैमा सबल पक्ष्य रहेको जस्ता सकारात्मक विश्लेषण दिदै म्युजिक भिडियोले सफलता पाउनेछ भन्ने बिस्वास ब्यक्त गरेका थिए ।

त्यस्तै बिशेस अथिति हरुमा सन्ध्याग्रुपका संरक्षक बिष्णु के.सी नेपाली महिला समाज कतारको पुर्व अध्यक्ष तथा संघीय लिम्बुवान सामाजिक मन्च कतारकि कार्यबाहक अध्यक्ष रेखा राइ,संघिय लिम्बुवान सामाजिक मंच कतारका महासचिव डम्बर लिवाङ मिसेक मुग्लानी खबरका पुर्व प्रधान सम्पादक तिल बहादुर बुढाथोकी,युवा समाज सेवी राम प्रसाद पराजुली,नेपाल प्रबासी तामाङ समाज कतारका महासचिव धिरेन तामाङ र म्युजिक भिडियो तथा फिल्म निर्देशक अमृत बराईली लगाएतका ब्यक्तित्वहरु रहेका थिए त्यसै गरि अतिथिहरुमा संघिय लिम्बुवान सामाजिक मंच कतारकी सदस्य बिनिता राइ,सन्ध्याग्रुप खेलकुद परिषद अध्यक्ष राज रुजाल, लगायतले बोल्दै भिडियो हेरेर खुसि लागेको बताए । जसरि म्युजिक भिडियोको स्थारियता रहेको छ त्यस्तै गरी आयोजक सन्ध्या फ्लिम्स एण्ड मिडियाले कतारमा पहिलो चोटी यस्तो छुट्टै बिमोचन कार्यक्राम गरेको ब्याक्त गर्दै आखिर गरे,आटे सम्म सबैचिज बाट सफलता प्राप्त गर्न कठिन छैन, प्रवासमा फोटो खिच्दा समेत साबधानी अपनाउनुपर्छ, म्युजिक भिडियो टाढाको कुरा हो, नेपाली गीत संगीतलाइ अव प्रवासबाटै प्रबर्द्धन गर्नुपर्छ भन्दै कतारमा छायांकन गरिएको म्युजिक भिडियो रिमोट थिचेर बिमोचन गर्नु सन्ध्या फिल्म्स एण्ड मिडियाको ठुलो सफलता हो भन्दै बोल्ने सम्पुर्ण बक्ताहरुले सफलताको सुभकामना ब्यक्त गरे ।

कार्यक्रममा अन्य उपस्थित अतिथि हरुमा नबोदित साहित्यिक वाचनलय कतारका कार्यबाहक अध्यक्ष चक्र कार्की,फोटो पत्रकार इन्द्र खड्का,आर. एम खबरका कतार प्रतिनिधि अर्जुन पौडेल, तामाङ भ्वाइसका कतार प्रतिनिधि रबिन्द्र तामाङ, मोडल तथा सन्ध्याग्रुपका उपाध्यक्ष अर्जुन कुमार,लामागुरु गुर्बा लामा तामाङ, सरु गुरुङ, शालिकराम ढकाल, रोहित बुढाथोकी दिपक नेपाली लगायतको बाक्लो उपस्थित रहेको थियो । बिमोचन गरिएको भिडियो कतारको समुन्द्री किनारा,कोर्निच,पार्क,र मरुभुमिका प्राकृतिक सौन्दर्यतामा छायांकन गरिएको छ भने राज गुरुङ र उर्मिला लामाले अभिनय गरेका छन ।

शुरज तामाङ द्वारा निर्देशित उक्त म्युजिक भिडियोमा कोरियोग्राफर राज गुरुङ् आफैले गरेका छन।त्यसैगरी डिजाईन र सम्पादन राज कुमार र सुबारा बाङ्देल राईको स्वरमा रहेको उक्त गीतको शब्द लेखन जनम रोमियोको रहेको छ भने सङ्गीत मान थुलुङ ले दिएका छन।नेपाली महिला समाज कतारकी पुर्ब अध्यक्ष रेखा राई र सलिसाम कतारका महासचिब लगाएतका ब्यक्तित्वहरुले कलाकारहरु राज गुरुङ र उर्मिला लामा साथै निर्देशक शुरज तामाङलाई सम्मान स्वरुप खादा ओढाई सम्मान गरेका थिए।

 

 

अन्त्यमा सभापति तथा म्युजिक भिडियोका क्यामरा मेन,निर्देशक शुरज तामाङले बोल्दै भिडियो खिच्न निर्देशन गर्नलाइ प्रवासमा धेरै कठिनाइ भएपनि आफुले कडा परिश्रम गरेको र जसले गर्दा आज रिमोट थिचेर भिडियोको बिमोचन गर्न पाउदा खुसि तुल्याएको बताए । त्यस्तै आगामी दिनमा पनि सबैको सुझाव सल्लाहलाई मनन गर्दै अगाडी बढ्ने बताउदै भिडियो खिच्दा र कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण ब्यक्तित्वहरु प्रति आभार ब्यक्त गर्दै कार्यक्रम समापन भयको थियो ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *