ओमान मा नेपाली महिला हरू को प्रेरणा स्रोत ” नेपाली महिला समुह ओमान ” को ” बन भोज ” कार्यक्रम सम्पन्न

रितु शर्मा / ओमान
******** *******

ओमान स्थित स्वहादि बिच( अरब सागर को किनार )मा शुक्रबार को बिदा को दिन नेपाली चेली हरू खुशि पुर्वक घुम्दै रमाऊदै थिए ।

 

 

त्यति बेला ऊनि हरू सँग पारिवारिक दायित्वको भारी भय पनि छोरा छोरि र आफन्त को बिलौना थियन त्यहा ।

न त कुनै औपचारिकता र सम्मान मा बनावटि शब्दावली को आडम्बर ।

जन्म भुमि देखि हजारौ मिल टाढा भयपनि महिला कै आयोजना, महिला कै ब्याबस्था पन र महिला मात्र को ऊपस्थिति मा ,
सभ्यता र संकृति को सिमा भित्र रहेर रमाऊदै ,समुन्द्र को पानि मा अटखेलिया खेल्दै थिए बन भोज मा गएका महिला दिदि बैनि हरू ।

 

 

ऊनिहरू रमाइलो गर्दै गाऊदै , खेल्दै , खादै , हाँस्दै र हसाऊदै थिए एक अर्को सँग ।
देखेर लाग्दथ्यो एक दिन को लागि स्वर्ग धर्ति मा आइपुगेको छ ।

 

नेपाल मा रहँदा पुर्व मेची देखी पश्चिम महाकाली जाहाको भयपनि ,जुन जाति र धर्म मान्ने भयपनि अरब सागर को काखमा अवस्थित ओमान मा रहने प्रवासि नेपाली महिला हरू को एउटै पहिचान र साइनो थियो यहा ।
” नेपाली पन र नेपाली मन ”

 

 

त्यहि नेपाली पन मा रमाऊने सुखद संयोग को “बन भोज ” जुराएको थियो 18 जनवरी 2019 का दिन ” नेपाली महिला समुह ओमान “ले ।

त्यसो त 2012 मा स्थापित यस संस्था ले नेपालि पहिचान संस्कृति को रक्षा र बिकास मा सधै हातेमालो गर्दै आएको छ ।
भने सामाजिक ऊत्तरदायित्व र दिन दुखि को मदत र सहयोग मा पनि ऊत्तिकै एक्यबद्ध देखिन्छन् नेपालि महिला समुह ओमान का कार्यकर्ता हरू!

मलेशिया को फेक्ट्रि मा काम गर्दा अपाङ्ग भयका नेपाली युवा को पिडा होस् वा दवाई नपाएर बिस्तरा मा छट्पटाएका अपरिचित को पिडा, भुकम्प, वा अन्य कुनै प्राकृतिक प्रकोप पिडित को आवाज सुन्ने बित्तिकै सहयोग जुटाउन र आँसु पुस्न हतारिन्छन् यस महिला समुह का महिला हरू ।

सदस्य हरू सँग बार्षिक एक ओमानि दिनार लिएर महिला दिवस, तिज, बनभोज चेतना अभिबृद्धि र सहयोगि भावना को बिकास गर्नु नै यस संस्था को प्रथम लक्ष भयको संस्था कि अध्यक्ष ले हामी सँग को भेट मा बताऊनु भयको छ ।

नियमित रूपमा देशमा सञ्चालित अनाथालय र आश्रम हरू लाई समेत यस संस्था ले सहयोग गर्दै आएको बुझिएको छ ।

दायित्व बोध, निडरता ,सहयोगी भावना र संगठित शक्ति ले नै नेपाली हरू लाई बिश्व सामु नया सम्मान र पहिचान दिने छ ।त्यस दिशा मा अघि बढ्न सबै लाई हाम्रो पनि अनुरोध ।

 

 

 

 

“”””””””””””””””””””””””””””””””””””””””””””

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *