भारतीय शहर मुम्बईमा मनाइयो २९७औ पृथ्वी जयन्ती

 

शिव बस्याल , सन्तोष भट्टराई / मुम्बई ,

पृथ्वीजयन्तीका अवसरमा भारतको मुम्बईमा पृथ्वीनारायण शाह लाई स्मरण गर्दै उहाको फोटोमा पुष्पगुच्छा चढाएर तथा माल्यार्पण गरेर प्रवासी नेपाली सस्था ( मनकामना एकता फाउन्डेसन ) ले पृथ्वीजयन्ती मनायो ।

पृथ्वीनारायण शाहको शालिक र फोटोमा माल्यार्पण गर्न पुग्नेहरु भावुकमात्रै बनेनन्, शाहको अभाव मुलुकमा यतिबेला खड्किएको खुलेरै भने। शाहका कारण नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व र स्वाभिमान अनि नेपालीहरुको राष्ट्रिय पहिचान बनेको ठहर थियो उनीहरुको।

राष्ट्रिय गीतको धुन, ढाकाटोपी, दौरासुरुवाल तथा सारीमा सजिएर आएका प्रवासी नेपाली मनहरुले पृथ्वीनाराण शाहको फोटोमा ढोगेका थिए। जयन्ती समारोह मा मनकामना एकता फाउन्डेसन का अध्यक्ष श्री मोतिलाल न्यौपाने , उपाध्यक्ष श्री प्रेम प्र पाण्डेय , श्रीमती सीता न्यौपाने , महासचिव श्री टेक प्र पराजुली , सरिता पैनी , रेनुका अधिकारी , रेखा शाह , होम प्र पाण्डेय , हिमलाल पाण्डेय , माया बस्याल , एम के शाह , सालिकराम पाण्डेय , राम प्र अधिकारी , नितु न्यौपाने , संदिप शर्मा , चन्द्रकान्त भण्डारी , मीन प्र भण्डारी साथै नेपाल दर्पण पत्रीका का सम्पादक दिनामणी पाण्डे को पनि सहभागीता थियो ।

फाउन्डेसन का अध्यक्ष ले राष्ट्रिय एकता दिवस कुनै एक व्यक्तिको जन्मभन्दा पनि राष्ट्र एकीकृत भएको दिनको सम्झनामा राष्ट्रिय चाडका रुपमा मनाउनुपर्ने बताए।

‘हामी सामाजिक प्राणी हौँ। हामी नेपाली हौँ। हाम्रो स्वाभिमान र अस्मिता यो दिनसँग जोडिएको छ। नेपाल र नेपालीका लागि राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो। सामान्य दिनमा विदा दिने सरकारले राष्ट्रियता र राष्ट्रिय अस्तित्वसँग जोडिएको दिनमा विदा नदिनु दुखद हो,’ उनले भने।

पृथ्वीनारायण शाहले आफ्नो शासनकालमा अपनाएको पद्धति अहिले पनि आवश्यक भएको कतिपय सहभागीहरुको ठहर थियो। पृथ्वीनारायण शाहलाई अपहेलना वा हेयको दृष्टिकोणले हेरियो भने नेपालको अस्तित्वको अवमूल्यन मानिने समेत बताए ।
टुक्राटुक्रामा विभाजित राज्यहरुलाई एक बनाउने काम उनीबाट नभएको भए नेपालको यो स्वरुपमा रहने थियन । ‘अहिले फेरि मुलुकलाई विभाजित गर्ने काम भएको छ। सात टुक्रामा मुलुक विभाजित भइसक्यो।’

‘ पृथ्वीनारायण शाहले नेपाल बनाए र नेपालीपन बचाए । हाम्रो विशिष्ट पहिचान उनकै योगदान को देन हो ‘।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *