स्वदेशको राजनिती भन्दा बिदेशको राजनिती खतरनाक    हुन्छ

 

समाजलाई रुपान्तरण गर्न, सिंगो मानव जगतलाई मुक्ति गर्नको लागि र सबै प्रकारका अन्याय, अत्याचार, शोषण्, दमन, कुसंस्कार तथा कुरीतिको अन्त्य गर्नको लागि आधारभुत रुपमा चाहिने भनेको शिक्षा नै हो । त्यसप्रकारको शोषणको अन्त्यको लागि शिक्षा राजनीतिसंग जोडिनु पर्दछ । वास्तवमा भन्ने हो भने शिक्षा र राजनीतिविचको अन्तरसम्बन्ध र अन्तरनिर्भरता अन्योन्याश्रित रहेको हुन्छ । हाम्रो समाज वुर्जुवा प्रकारको समाज हो । यो समाजमा स्वच्छ राजनीति गर्नु हुदैंन भन्ने परम्परावादी सामन्ती चिन्तन रहेको छ । तर वास्तविकता यो हो कि राजनीति जसले गर्दा पनि हुन्छ तर झुट्को राजनिती नभएर परिपक्कताको राजनिती गर्न सिक्नु पर्छ ।

शिक्षामा समानता, स्वतन्त्रता,आधुनिकता तथा व्यवहारीक जस्ता कुरा केवल कागजमा मात्र सिमित छन । शिक्षा हुने खानेहरुको मात्र पेवा बन्दै गैइरहेको छ । विद्यमान शिक्षा प्रणाली केवल वेरोजगार उत्पादन गर्ने क्षेत्रको रुपमा विकास भएको छ । दक्ष जनशक्तिको निर्माण गर्नु पर्ने शिक्षा क्षेत्र उत्पादन प्रणालीसंग असम्वन्धित रहेको छ । सामन्ती संरचनामा आधारीत यो वुर्जुवा शिक्षाबाट युवाहरु विदेशिन बाध्य भएका छन । शिक्षाले श्रमलाई सम्मान गर्न सिकाउनुको सट्टा घृणा गर्न उत्प्रेरित गरेको छ ।

१८ औं शताव्दीको कोरा काल्पनिक घटनाहरुको मिश्रित पाठ्क्रमलाई समावेश गरेर निर्माण गरिएको उत्पादन प्रणालीसग पूर्ण रुपमा असम्बन्धित वर्तमान शिक्षा प्राप्त गरेर सर्टिफिकेट पाउनु वाहेक अर्को उपलव्धी छैन । यसो हुनुको मुख्य कारण वर्तमान शिक्षा सामन्ती संरचनामा अडिएको छ र राजनीतिसंग पनि जोडिएको छैन । जव सम्म राष्ट्रका नागरिकहरु राजनीतिक चेतनाले सक्रिय हुदैनन् तव सम्म यसप्रकारका समस्याहरु रहिरहन्छन । त्यसकारण राजनैतिक जीवनलाई समाज रुपान्तरणको लागि प्रयोग गर्दै विद्यमान समान्ती संरचना भित्रको वुर्जुवा शिक्षालाई नष्ट गर्दै उत्पादन प्रणालीसंग जोडिएको, मानीसको दैनकि जिवन पद्दतीसंग मेल खाने वैज्ञानीक तथा व्यवहारीक राजनिती अपरिहार्य छ ।

राजनीतिबाट अलग गर्न खोज्ने वुर्जुवाहरुलाई प्रगतिशिल क्रान्तिकारी राजनीतिले नै पराजित गर्न सकिन्छ । सामन्ती वुर्जुवा समाजमा प्रवासीहरुले राजनीति गर्नु हुदैन भन्ने सोच छ त्यो भ्रम मात्र हो । समाज परिवर्तन गर्ने तागत र क्षमता परदेशीहरुमा भएकोले प्रवासीहरुलाई राजनीतिक प्रशिक्ष्ँण तथा अध्यन अनिवार्य हुन्छ । हाम्रो जस्तो अर्ध औपनीवेशिक तथा अर्ध सामन्ति समाजमा परदेशीहरु राजनैतिक चेतनाले लैस भएर मिलिटेन्ट तथा अनुशाशित रुपमा राजनैतिक संघर्षम भाग लिनु, प्रगतिशिल आन्दोलनलाई उचाईमा पुर्याउनु, गलत चिजको भण्डाफोर गर्नु, मानवीय जीवनको सुनौले व्यवस्था साम्यवादी समाजको स्थापनाकोलागि संघर्ष गर्नु, पुजिवादी तथा सामन्तवादी शोषणको जालोलाई उखेलेर फाल्नु हामी मरुभुमीमा पसिना चुहाउनेहरुको अनिवार्य कार्य हो । मुग्लानी जीवनमा औपचारिक रुपमा बगैंचा मा गएर सिक्नु मात्र प्रयाप्त छैन । मानिसले सबै भन्दा बढी ज्ञान आफ्नो जीवनको अनुभवबाट सिकेको हुन्छ । जुन सुकै शिक्षा आर्जन गरे पनी प्रवासी जीवनमा राजनीतिक संघर्षमा भाग लिन सकिएन भने त्यो जीवन अधुरो, अपुरो रहनेमा शंका रहन्न । तसर्थ स्वदेशको राजनिती र प्रवासी राजनिती आकाश र जमिनको फरक हुन्छ ।

बैदेशिक जीवन बिताईरहेका नेपाली नागरिक हरुले कल्पना गरेको राजनिती र घुस पेठ , भ्रष्टाचार अनि कोरा कमाऊ धन्दामा विलिन भएका नरपिचासहरुको राजनितीमा बेरोजगार बिक्षिप्त मन बोकेर बिरक्तिएका हरुले कस्तो आशा राख्ने भन्ने प्रश्न खड्किरहन्छ । त्यसैले बैदेशिक रोजगारीमा रहेका परदेशिहरुलाई अशिक्षित र केही पनि राजनिती बुझेका छैनन भनेर अववाह फैलाउने हरु प्रती बैदेशिक रोजगार मा संलग्न म जस्ता चालीस लाख परदेशिहरुको पीडा हो गुनासो हो र आक्रोश हो यो । राजनिती केवल गाउँ गाउँमा खोक्रा भाषण र झुठो आश्वासन दिएर मात्र हुदैन जनताको आत्माको गुहार माग्न सक्नुपर्छ । जदौ ।।।।।

दिल प्रसाद पौडेल
बागलुङ- प्रवास खबर सम्वाददाता

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *