प्रवासि को गुनासो कुखुरा को खोरबाट

प्रवासि को गुनासो कुखुरा को खोरबाट

दशै आयो गयो, तिहार आउदै छ रे भन्दा भन्दै कति बेला गएछ थाहै भएन ,जताततै हेरो प्रवास को शहरीकरण मा प्रकाशै प्रकाश छ,झिलिमिली बत्ती बोलिरहेका छ्न,साच्चै आकाशमा जुन तारा देखिन्छन् कि भनो देखिदैन ,सोचाइमा कस्तो भाग्यमानी आफ्नो स्वदेश को अधेरी रात मा टुकी बालेको,झिलिमिली जुनकीरी बोलेको,लटरम्म जुनताराहरुको बथान आकाशमा देखिने छोडेर रमझम सहरमा बुवाको खोल्ती बाट पैसा चोरेर साथीहरू प्रवास जादै छ्न रे भन्दै रेल वा जाहाज चड्न पाहिने भयो,गगनचुम्बी ठुलो ठुलो घर देखन पाहिने भयो भन्दै साथीहरू प्रवास हिडे।हिडे पछि गन्तव्यमा सपनाहरू सजाएर आइपुगे।गन्तव्यमा आएपछि दुई चार दिन त साथीहरू ,गाउले दाजुभाइहरु पालो पालो गर्दै रामे आको छ रे भन्दै,आज मेरो मा खाना खान आउनु कोहि मलाई भेट्न आउनु भन्दै माया ले आग्रह गर्न लागे।भेट पनि आए ।केहिदिन त म आफै ले आफैलाइ म त कति महत्त्वपूर्ण रहिछु भन्ने सोचाइ मा नाक पनि फुलो।सोच्न लाइ म जस्तो कोहि पनि छैन कि क्या हो ? भन्दा भन्दै १५ दिन बितेछ थाहा नै भएन ।ठुलो ठुलो इच्छा र आकाङ्क्षा बोकेर प्रवास आको केहि भएन सबै सुन्य मात्र ,उल्टो साथीहरू सित रिन पो लागेछ।पैसा आउने बाटो केहि पत्ता लागेन ,धेरै सोचाइ मा परे,साथीहरू गाउका दाजुभाइ पनि टाढा टाढा हुन लागे,देखेपछि पनि नदेखिएको जस्तो गर्न लागे,रामेले देखो भनी पैसा माग्छ नत्र पछी लाग्छ भनेर देखेपनि नदेखे झै गरेर हिड्न लागे,मलाई सबै ले चिन्न छोडे।
रोड रोड गल्ली गल्ली भोकै भोकै हिडे ,बाटो को कुना काप्चा मा दिनरात बिताउन बाध्य भए ।गाउ आफ्नो देश फर्कु त कसरी ?”मर्नु भन्दा बहुलाउन बेस ” रोड छाप मै दिन बिताउदै गर्दा एक दिन देबता खोज्दा भगवान मिलो मेरो भाग्य खुलो एउटा शुद्धि साहाकारी ब्याक्ती कुखुरा काट्ने र मासु बेच्न ठाउमा जागीर पाए , तेहि कुखुरा को खोर बाट सम्पूर्ण स्वदेशी तथा प्रवासी आमाबुबा ,दाजुभाइ ,दिदिबहिनी र सम्पूर्ण साथिभाइलाइ अङ्ग्रेजी पात्रको अनुसारको नयाँ बर्ष २०१९ को हार्दिक मंगल मय शुभकामना गर्दछु।
(सन्तोष भट्टराई )

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *