ओमान मा” फो ल्होसार को धुम

 

***************
रितु शर्मा /ओमान
****************

गुरुङ -तमु समाज को आफ्नै खालको भेष भुषा मा चिटिक्क सजियका युवा युवती हरू,
नेपाली परम्परागत तरिकाले सजाईएको ओमान को अलमासा मा रहेको अल रूबि हल नेपाली हरू ले खचाखच भरिएको थियो ।

 


आयोजक “तमु समाज ओमान ” का कार्यकर्ता हरू ब्याबस्था पन र आऊने हरू को स्वागत मा तल्लीन थिए ।

बौद्धिक समाज का प्रतिनिधि ,मिडिया कर्मि हरू मंच को अघिल्लो पङ्क्ति मा कार्यक्रम को शोभा बढाईरहनु भयको थियो ।

अन्य पाहुना को साथै ओमान स्थित नेपाली दुतावास का प्रतिनिधि कृष्ण गौली ले जब पानस मा बत्ती बालेर कार्यक्रम को ऊद्घघोष गर्नु भयो हल ताली को करतल ध्वनि ले गुञ्जायमान भयको थियो ।

पुर्ण तमु को अध्यक्षता निकेश तमु को संचालन र अन्जान तमु को स्वागत मा संचालित ऊक्त कार्यक्रममा पाहुना हरू ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

भने सांस्कृतिक कार्यक्रम लाई प्राथमिकता मा राखेर आयोजना गरिएको ऊक्त कार्यक्रममा नेपाल देखि आऊनु भयका चर्चित कलाकार ” सागर आले ” र “एलिना गुरुङ” ले दर्शक हरू लाई मन्त्र मुग्ध पार्नु को साथै साथमा गुनगुनाऊन र नाच्न ऊत्साहित गर्नु भयको थियो ।

देश भित्र १५ पुषमा मनाईने फो ल्होसार को पुर्व सन्ध्यामा स्थानीय बिदा लाई ध्यानमा राखेर शुक्रबार २८- दिसम्बर २०१८ का दिन कार्यक्रम को आयोजना गरिएको आयोजक ले बताऊनु भयको छ ।

स्थानीय कलाकारहरुले समेत साह्रै राम्रो र मनमोहक कला को प्रस्तुती दिनु भएको थियो।
बिगत बर्ष हरू मा भन्दा पनि अझै ब्याबस्थित र मनोरञ्जन युक्त कार्यक्रम भयको मा ऊपस्थित दर्शक हरू प्रफुल्लित देखिनुहुन्थ्यो ।

साथै यसरि मनाईने पर्व र कार्यक्रम हरू ले नेपाली संस्कृति, भाषा र कला को संबर्धन संरक्षण हुनु को साथै पर्यटन र पहिचान मा टेवा पुग्ने बुद्धिजीवी हरू ले बताऊनु भयको छ ।

*************************************

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *