उपन्यास ” बिस्मिता ” को सिक्वेल छिटै नै आउने जानकारी

 

युवा लेखक शिव बस्याल को पहिलो उपन्यास ” बिस्मिता

” २०७५ जेष्ठ २६ गते काठमाडौ को सर्वनाम थिएटर बाट बिमोचन गरिएको थियो । जुन इन्डिगो इन्क पब्लिकेसन ले बजारमा ल्याएको थियो । यधपी प्रेमकथा मा आधारित उपन्यास हरु धेरै निस्किने गरेतापनी यो प्रेमकथा अरु भन्दा बिल्कुलै भिन्न छ । डिजिटल समय को बिकृती बिसङ्गती लाई उठान गरेको छ जो समय सान्दर्भिक छ । प्रेमकथा पढ्न रुचि राख्ने प्रिय पाठहरुलाइ यो नया स्वाद पनि हो र साइबर प्रेम मा चुर्लुम्मै आखामा पट्टी बाधेर हिड्ने युगल प्रेमिहरुको लागि गतिलो खुराक पनि । लेखक ले साइबर प्रेमको बारेमा खुलेर लेखेका छन जुन नै पुस्तक को बलियो पक्ष पनि हो । अधुरो लागेको प्रेमकथा र उपन्यास को सिक्वेल को प्रखाइमा रहने पाठकहरुलाई अब छिट्टै आउने जानकारी दिदै लेखकले सोसल नेटवर्कमा पब्लिस गरेको ” बिस्मिता ” भाग-२ को यो कुनै अंश यस्तो थियो –

” मर्न चाहन्छु , बाँचेर कुनै सार्थक छैन । जिन्दगी एक अभिशाप नै बनिसक्यो । मलाइ मर्न देउ । कुनै बेला दाहिना हुने भगवान यस्बेला किन यति निर्दयी ……”

सोसल नेटवर्कमा भाइरल भएको यो लेख र तस्बिरले मनलाइ छियाछिया बनायो । हजारौ कमेन्ट हरु रहेछन । कसैले सहानुभूति दिएका छन भने कसैले बाचेर के सार भन्दैछन । यस्तो जिन्दगी जिउनु भन्दा त मरे नै आत्माले शान्ति पाउथ्यो भन्दै पनि लेखेछन । अह म यस्तो पढ्न पनि सक्दिन , देख्न त टाढैको कुरा हो । थरथर कापिरहेको हातबाट चिया टेबलमा पोखिन थाल्यो । सबल रहेका ज्ञानेन्द्रियहरु पनि एक्कासी लागेको ब्रेक ले ह्याङ भए । मनले मानेन शुभम लाई फोन गरे । फोन नेटवर्क कवरेजबाट बाहिर भएको इरर ट्युन मात्र फिर्ता आयो । यी तस्बिर र स्टाटस हरु स्कृन सट गरेर फाइलमा सेभ गरे ।

” जिन्दगी पनि कस्तो , सिसाको टुक्रा जस्तो । सम्हालेर राखे जिवनको प्रतिबिम्ब देखाइ दिन्छ , नत्र मृत्युशैया ”

छटपटी भयो , उकुसमुकुस ले श्वासप्रश्वास नै रोकिएला झै । लगातार बर्षौ देखि खोजिएकि बिस्मिता लाई यो अवस्थामा एक्कासी देख्दा ।
बिस्तारै सबै कमेन्ट हरु हेर्न लागे । कहि कतैपनि ती कमेन्ट को उत्तर फर्काएको भेटिएन। एकोहोरो लेखिएका कमेन्टहरु पढेरै नसकिने रहेछन । मनले एकान्त रोज्यो । जतिसक्दो छिटो एकपटक उनलाइ भेट्न मन लाग्यो । बिस्मिता लाई खोज्न मद्दत गर्नेछु , ढुक्क हुनुस म छिट्टै नै फर्किनेछु भन्दै बाचा गरेको थिए दिल्ली एयरपोर्ट बाट छुट्टिदा – शुभम शर्मा लाइ ।

सम्प्रकका बाटाहरु कसरी खोज्ने ? यो त एउटा सोसल नेटवर्क मा राखेको तस्बिर र स्टाटस मात्र थियो जुन महिनौ दिन पहिला एउटा अनलाइन न्युजले पोस्ट गरेको रहेछ । कौतुहलताले जिस्क्याइरहयो । अब छिटोभन्दा छिटो यो गन्तब्य खोज्ने निर्णय लिए । तर सम्प्रकका बाटाहरु सबै अवरुद्ध थिए । मनले के के सोचेन । नसोचोस पनि कसरी । एउटा सम्भ्रान्त परिवारकी बिस्मिता माथी नियतिले अर्कै मोड लियो । पलभरको खुशी क्षणिक बन्यो । सम्पुर्ण प्रयासपछी पनि उनी अब बाच्न सक्ने अवस्थामा छैनन भनेर मस्तिष्कमा कुराहरु छताछुल्ल पोखिन थाले । चिकित्सक देखि सबैले आशा मारेकी उनिलाइ जोरो ले छोड्यो । बाच्ने आशा फेरि पलायो । तर त्यो खुशी पनि धेरै बेर टिकेन । छिनभरमै त्यो खुशी दु:ख र अन्योलमा परिणत भयो । बल्लतल्ल बाचेकी बिस्मितालाइ हिड्न नसक्ने लङ्गडी भएको देख्दा छागाबाट खसेजस्तै भए ।

हिड्न डुल्न नसकेर यो अवस्थाबाट घिस्रेर हिड्नु भन्दा त जरोले नै मरेकी भए त छोरिले दु:ख पाउदिनथी ।
न खाना खान्छे ।
न बोल्छे ।
दिशापिसाप सबै कपडामै छाडिदिन्छे । बर्षौ देखि अर्धचेत अवस्थामा जिउदो मुर्दा बनि पल्टिएर यस्ले बाच्नु भन्दा मरेनै हुन्थ्यो । – रुञ्चे अनुहारमा खिन्न हुँदै अनेकौ प्रयासपछी असफल भइ हार खाएका बिस्मिता का बुवा बिदुर शाक्यले एउटा प्रत्रकार सङ्ग भनेका रहेछन । हुन पनि हो , यो अपाङ्गतालाइ अभिशाप मान्ने समाजमा सुरुमा भनिने आम शब्द नै यहि हो क्यारे ।

” सागर पाय महासागर मा परिणत गरिदिन्थे । यो पारिवारिक स्नेहमा म अब बाच्न सक्दिन । मलाइ यहाबाट निस्किन मन छ । आमाबिनाको वेसहारा जिन्दगी , अन्याय र अत्याचार म सहन सक्दिन । समाजवादी बिचार भएकी उनी समाजमा केही गरेर यो पुजीवादी समाज मा आफुलाइ समाजवादी नारिका रुपमा चिनिन चाहन्छु भन्दै थिइन । अपाङ्गता ………………

लेखक – शिव बस्याल
***
नोट : यो उपन्यास को अंश लेखक को आफ्नै फेसबुक अकाउन्ट बाट जस्ताको तस्तै साभार गरिएको हो । जस्मा लेखक शिव बस्याल ले पुस्तक छिट्टै आउँछ तर समय कति लाग्छ भनेर खुलस्त पार्नु भएको भने छैन । आशा राखौ छिट्टै नै पढ्न पाइयोस ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *