संस्करणका विजेता रविकी आमाको करेन्ट लागेर निधन भएको हो ।  आज (बुधबार) बिहान ७ बजे पानी तान्ने

Spread the love
नेपाल आइडल रवि ओडकी आमाको  करेन्ट लागेर निधन

काठमाडौं । नेपाल आइडल रवि ओडलाई मातृशोक परेको छ । केही दिन अघि नेपाल आइडलको दोस्रो संस्करणका विजेता रविकी आमाको करेन्ट लागेर निधन भएको हो ।  आज (बुधबार) बिहान ७ बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनकी आमा ४५ वर्षीया विष्णा ओडको निधन भएको बताइएको छ ।

करेन्ट लागेकी विष्णालाई चिकित्सकहरुले मृत घोषित गरिसकेको सेती अञ्चल अस्पतालका इमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले पुष्टि गरेका छन् । अस्पतालका अनुसार उनको बाटोमै निधन भइसकेको थियो ।

कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन समारोहमा उपस्थित रवि व्यवस्तताका कारण घर जान पाएका थिएनन् । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । कर्म दिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना भएको छ । रविलाइ जन्म दिने आमाको यसअघि नै निधन भइसकेको थियो ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *