एक महिनामा बुझ्छु भनेको ईपीजी प्रतिवेदन भारतले ६ महिना बित्दा पनि बुझेन

काठमाडौं । नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को गत असारको तेस्रो साता काठमाडौंमा सम्पन्न अन्तिम बैठकले एक महिनाभित्र प्रतिवेदन दुवै देशका सरकारलाई बुझाउने समयसीमा तोकेको थियो । उक्त समय तोकेको ६ महिना बित्न लाग्यो तर प्रतिवेदन न नेपाल सरकारले नै बुझेको छ न भारतले ।

गत असारको १५ र १६ गते काठमाडौं बसेको ईपीजीको बैठकले एक महिनाभित्र प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने घोषणा गरेको थियो । घोषणा गरेको ६ महिना बित्न लाग्यो तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यव्यस्तता भन्दै प्रतिवेदन बुझ्न नमानेपछि ईपीजीले आफ्नो प्रतिवेदन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बुझाउन पाएको छैन ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *