रियल मड्रिडले जित्यो लगातार तेस्रो पटक क्लब विश्वकप

एजेन्सी : क्लब विश्वकपको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । शनिबार युएईमा भएको फाइनल खेलमा युएईको क्लब अल इनलाई ४–१ ले हराउँदै लगातार तीन पटक क्लब विश्वकपको उपाधि जित्न सफल भएको  हो ।

रियल मड्रिडको जितका लागि खेलको १४ औं मिनेटमा १४ औँ मिनेटमा लुका मोड्रिक, ६० औँ मिनेटमा  मार्कस लोरेन्टे र  सर्जियो रामोसले ७८ औँ मिनेटमा गोल गरेका थिए । इन्जुरी समयमा अल इनका खेलाडीले एक आत्मघाती गोल रियललाई उपहार दिएका थिए । अल इनका लागि एक मात्र गोल ८६ औं मिनेटमा ८६ औँ मिनेटमा सिओतानीले गरे ।

फिफाले प्रत्येक वर्ष आयोजना गर्ने क्लब विश्वकपमा महादेशका च्याम्पियन क्लबबीच प्रतिस्पर्धा हुने गर्छ ।  तीन वर्ष लगातार युरोपियन च्याम्पियन बनेको रियल मड्रिडले लगातार तीनै पटक क्लब विश्वकप पनि जित्न सफल भएको हो ।

सन २००० बाट सुरु भएको क्लब विश्वकप, दोस्रो पटक २००५ मा भएको थियो । त्यसपछि भने फिफाले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ । १५ औं संस्करण हुँदा, रियल मड्रिडले सबैभन्दा ४ पटक उपाधि जितेको छ, अर्काे स्पेनिस क्लब बार्सिलोनाले ३ पटक उपाधि जितेको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *