साउदीको सुतेकै ठाउँमा नुवाकोटका युवाको निधन

Spread the love

नुवाकोट : यहाँको गेर्खुटारका एक युवकको वैदेशिक रोजगारीका क्रममा सायदी अरेबियामा ज्यान गएको छ । विदुर नगरपालिका–१० गेर्खुटारका ३७ वर्षीय राजकुमार बोहराको रोजगारीका क्रममा साउदी अरेबियामा ज्यान गएको परिवारजनले जनाएका छन् ।

बोहराको सुतेकै कोठामा कात्तिक २३ गते अक्सिजनको कमीले ज्यान गएको जानकारी परिवारजनलाई प्राप्त भएको विदुर नपा–१० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए । उनी चालक पदमा सात वर्षदेखि साउदीमा रहेका थिए ।

शिवराम बोहराका जेठा छोरा मृतकका श्रीमती र छोरा छन् । उनको शव नेपाल ल्याउन परराष्ट्र मन्त्रालयमा अनुरोध गरिएको वडाध्यक्ष नेपालले बताए । तीन सातापछि मात्र शव नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ । नुवाकोटवाट हजारौं युवा वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

सुझाव दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *